ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा एम्बुलेन्स सेवा संचालन
कपन अनलाइन
काठमाडौं, फागुन २०।ओखलढुंगाको चम्पादेवी गाउँपालिकाद्वारा पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाले १२ लाख बजेटमा एम्बुलेन्स खरिद गरि फागुनको पहिलो हप्तादेखि सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष नवराज के.सीले बताए ।
ओखलढुंगा सदरमुकामको दक्षिण र पश्चिमा पर्ने अन्त्यन्त पाखो, भिरालो जमिनको कारणले निकै नै चुनौतीपूर्ण हिसाबले सडक बिस्तार भएसंगै गाउँपालिकामा एम्बुलेन्स सेवा सुचारु हुदा थप राहत पुगेको छ ।
उक्त एम्बुलेन्स सेवाबाट चम्पादेवी गाउँपालिका अन्तर्गतको पलापु, कालिका, फेडिगुठ, बिलन्दु, फुलवारी, रानीवन गरि ६ वटा साविक गाविस(हालको १० वटा वडा) र चम्पादेवि आसपासका बासिन्दाहरु समेत लाभान्वित हुनेछन् । फागुनको पहिलो हप्ता देखि सुचारु भएको उक्त एम्बुलेन्स सेवा २४ सै घण्टा निरन्तर रुपमा सञ्चालन भइ आर्थिक अवस्था कमजोर भएको, सुत्केरी, अशक्त र आकस्मिक दुर्घटनामा परेको घाइतेहरुलाई लक्षित गरि सञ्चालनमा ल्याएको पालिका अध्यक्ष के.सीले बताए ।
अध्यक्ष के.सीका अनुसार बिगतमा अन्य एम्बुलेन्सहरुले २५–३० हजार सम्मको चर्को भाडा तिरेर बिरामीलाई अस्पतालसम्म पु¥याउनु पर्ने बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै पालिकाले अब अन्य एम्बुलेन्स सेवाले भन्दा सस्तो र सुलभ भाडा अर्थात् १० हजारको दरले बिरामीहरुलाई अस्पतालसम्म पु¥याई बिरामीको अमुल्य जिवनलाई बचाउने उद्देश्य सहित सञ्चालनमा ल्याएको बताए ।
साथै उक्त सेवालाई आगामी दिनहरुमा अझै प्रभावकारी, सुविधायुक्त र ब्यवस्थित गर्दै अगाडी बढाउने योजना रहेकोे बताए ।
त्यस्तै स्वास्थ्य जस्तो संबेदनशील र महत्वपूर्ण कुरालाई पालिकाले प्राथमिकताकासाथ गाउँपालिकामा सञ्चालनमा ल्याउदा सम्पुर्ण चम्पादेवीहरुका वासिन्दाहरु अन्त्यन्तै खुसी भएको पलापुका एक ब्यावसायी तथा समाजसेवी रमेशकुमार आले मगरले बताए । उनका अनुसार यसअघि एम्बुलेन्स एम्बुलेन्स नहुदा तथा उच्च पहुँच नहुदा धेरै जसोले अकालमै ज्यान गुमाउनु पर्ने, त्यस्तै चर्को भाडामा सार्वजनिक सवारी रिजर्भ गर्नुपर्ने बाध्यता, स्टेचर, डोकोमा बिरामीलाई बोक्नु पर्ने बाध्यता बेहोर्दै आईरहेको बताए र अहिले उक्त एम्बुलेन्स सेवा सुरु भएपछि चम्पादेवीका जनताहरुले केही मात्रामा सुरक्षित र खुशी महसुस गर्दै चम्पादेवी गाउँपालिकालाई धन्यवाद र सम्मान ब्यक्त गरेका बताए ।