मन्त्रालय नपाएपछी प्रकाश 'असन्तुष्ट'

६ जेठ, काठमाडौ । सरकारमा उपप्रधानमन्त्रीको वरियतामा दोस्रो स्थानमा रहेका नारायणकाजी श्रेष्ठले मन्त्रालय नपाएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल सामू असन्तुष्टी पोखेका छन् । आफूभन्दा पछी आएका सबैले मन्त्रालय पाईसकेको तर आफूले भने अझै कुन मन्त्रालय पाउने थाहा नभएको भन्दै प्रचण्डसामू  असन्तुष्टी पोखेका थिए ।

मधेषी मोर्चा र एमाओवादीको सरकारमा रहँदा उपप्रधानसहित परराष्ट्र मन्त्रालय सम्हालिरहेका उनको मन्त्रालय एमालेबाट मन्त्री भएका ईश्वर पोखरेलले खोसेपछी उनी मन्त्रालय बिहिन बनेका छन् ।
आज बिहान लाजिम्पाटस्थित प्रचण्ड निवासमा प्रचण्ड माओवादिका मन्त्रीहरूले गरेको भेटका क्रममा उनले आफूलाई मन्त्रालय नतोकिएको भन्दै असन्तुष्टी पोखेको बताइएको छ । माओवादीबाट मन्त्री भएका अन्य मन्त्रीहरुले मन्त्रालय पाएपनि श्रेष्ठले भने मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएका छैनन् ।
यस्तै, उपप्रधानमन्त्री आफू भएपनि उनीभन्दा वरियतामा अर्का मन्त्री भएका कारण पनि उनी असन्तुष्ट बनेको स्रोतको दावी छ । उनीभन्दा वरियताका आधारमा विजय कुमार गच्छदार रहेका छन् भने उनीपछी कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेका ईश्वर पोखरेल रहेका छन् ।
तपाइँको प्रतिक्रिया ।