पहिलो गासमै ढुङ्गा, नेकपा–माओवादीले आन्दोलन गर्ने

माघ ३, अशोकराज पाण्डे/कपन अनलाइन /मंसिर ४ को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको नेकपा–माओवादीले माघ ८ गते बस्ने भनिएको संविधानसभाको पहिलो बैठकको दिन संविधानसभा भवन अगाडि विरोध प्रदर्शन गर्ने भएको छ ।
संविधानसभाबाट जनताको संविधानसभा बन्न नसक्ने भन्दै संविधानसभा विघटन गरी सर्वपक्षीय बैठक आव्हान गरेको नेकपा–माओवादीले जर्वजस्ती संविधानसभाबाट संविधान जारी गर्न खोजे देश ठूलो दुर्घटनामा जाने चेतावनी पनि दिएको छ ।
‘‘राष्ट्रघाती र जनघाती संविधानसभा–२ लाई अस्विकार गरौँ, सर्वपक्षीय राजनीतिक गोलमेचसभाको आयोजना गरौँ’’ भन्ने नाराका साथ नेकपा–माओवादीले यो कार्यक्रम तय गरेको नेकपा–माओवादीका सचिव देव गुरुङले बताए ।
यसैबीच बिरोध कार्यक्रममा ३३ दलीय मोर्चाको सहभागिता रहने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।