निलो माइक्रोले यात्रीलाई सास्ती

कपन अनलाइनबद्रि भट्टराई०७० पौष ३०
कपन रत्नपार्क सम्म चल्ने निलो माइक्रोको यात्रा आजाभोली कठिन बन्दै गइरहेको छ । अनियन्त्रित तवरले सवारी सधान चलाउने,यात्रुहरु संग अपशब्द प्रयोग गर्ने जस्ता कुराहरुले अहिले यस माइक्रोबाट सेवा लिने सर्वसाधारणहरु पिडित भएको गुनासो आउन थालेको छ । केहि समय पहिले यस विषयमा सरोकावाला पक्षहरुले आफ्नो कमि कमजोरीहरु हटाउने भन्दै वार्ताबाट नै समस्याको समाधान गर्ने प्रयास पनि गरेका थिए तर अहिले त्यो भन्दा जटिल विषयहरुमा समस्याहरु खडा भएका छन । यतिखेर हेरक दिन चालक तथा सहयोगीले कपनका जनताहरुलाई झुक्काउन थालेका छन साँझको समयमा रत्नपार्कबाट कपन आउने माइक्रोहरु आफुहरु चाबहिलसम्म मात्र जाने भन्छन्, साँझको समयमा विद्यार्थी छुट नहुने भन्दै सर्वसधारण जनता तथा विद्यार्थीहरुलाई दुःख दिइरहेका छन ।
यसरी सवारी सधानले आफ्नोमात्र स्वार्थ हेर्न थालेपछि कपनको निलो माइक्रोको सेवासंग जनताहरु रुष्ट भएका छन् परिवारका सदस्यहरु, र चेलिबेटीहरुकासाथमा यात्रा गर्न कठिन हुन थालेको यात्रुहरु बताउछन् । त्रिचन्द« कलेज अध्ययन गर्ने एक विद्यार्थीले यो माइक्रोले सँधैनै आफुहरुलाई झुक्काउने र विद्यार्थी सहुलियत समेत न दिने भएकाले हरेक दिन झगडा गर्नुपर्ने भएको बताउँछन् । आफनो सुविधा माग्दा समेत सिधै झगडा गर्न आउने र अपशब्द प्रयोग गने भएकाले साह्रै समस्या भएको बताउँछन् उनी ।
यस विषयमा कपन ट्राफिक प्रमुखसंग कपन अनलाइनले जिज्ञासा राख्दा यो समस्याहरुको बारेमा आफुले सक्दो सहयोग गर्ने र त्यस्ता चालक तथा सवारीलाई नियन्त्रण गरी आवश्यक कारबाही गर्ने बताए पनि ट्राफिक प्रहरीले कन्ट्रोल गरेरमात्र समाधान हुने विषय हैन हो । माइक्रोका ड्राइभर खलासी तथा साहूहरुले आफ्नो व्यवहार परिवर्तन नगरेसम्म यो समस्याबाट कपनवासी आक्रन्त नै रहन्छन् ।
अत्याधिक जनसंख्याको चापले कपनमा अहिले हरेक विषयमा समस्याहरु आउन थालेकाले स्थानीय स्तरमा कार्यरत टोलसुधार समिति तथा सामाजिक संघ संस्था तथा क्लबहरुले यस्ता विषयहरुमा अग्रस्तरता देखाई स्थानीय जनताहरुको समस्याको समाधान तर्फ लाग्नु आवश्यक रहन्छ । साथै सवारी चालक सवारी धनी र सरोकारवाला पक्षहरुसँग बारम्बार परामर्शहरु गर्नु जरुरी भएको छ । समयमा नै यस्ता विषय तर्फ ध्यान दिँदै सेवा लिने र दिने आफ्नो आफ्नो नियममा हिड्नु नै असल समाजको उदाहरण हो ।

 

तपाइँको प्रतिक्रिया ।