परम्परागत झारफुक तथा धामी झाक्रीलाई स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुने सेवाहरु तथा स्वास्थ्य सम्बन्धि देखिने खतरनाक चिन्ह अभिमुखीकरण सम्बन्धि कार्यक्रम हुने
कपन अनलाइन
काठमाडौं, फागुन १५ । बुढानिलकण्ठ नगरपालिका वडा नं – ११ को कार्यलयले सार्वजनिक सूचना जारी गरेको छ।
उक्त सूचना मार्फत नगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनामा परम्परागत झारफुक तथा धामी झाक्रीलाई स्वास्थ्य संस्थाहरुमा उपलब्ध हुने सेवाहरु तथा स्वास्थ्य सम्बन्धि देखिने खतरनाक चिन्ह अभिमुखीकरण सम्बन्धि कार्यक्रम फागुन १९ गते सोमबार बुढानिलकण्ठ नगरपालिका – १० को हलमा दिउसो १२: ०० बजे हुने भएको हुँदा इच्छुक धामी/ झाक्रीहरुले वडा कार्यलय वा जनस्वास्थ्य शाखामा सम्पर्क गरिदिनु हुन् यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।