दोस्रो टोखा नगर महोत्सवका आकर्षण

दोस्रो टोखा नगर महोत्सवका आकर्षण

कपन अनलाइन

काठमाडौं ,फागुन १४। टोखा नगरपालिकामा  ३ दिने ‘दोस्रो टोखा महोत्सव’हुने भएको  छ।

धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक नगरी टोखामा आगामी फागुन २३ गते देखि नेवाःगुथि टोखाको व्यवस्थापनमा उक्त महोत्सवका सुरु हुन् लागेको हो।   टोखा नगरपालिकामा रहेका साँस्कृतिक तथा धार्मिक धरोहर सम्पदाको पहिचान र त्यसको प्रचारप्रसार गर्ने तथा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ लाई सफल पार्ने उद्देश्य राखी महोत्सवको आयोजना हुन लागेको नगरपालिकाले जनाएको छ । उक्त महोत्सवमा टोखाक एतिहसिक झल्काउने किसिमको धेरैवटा स्टलहरु रहनेछन। उक्त महोत्सवका आकर्षणहरु निम्न रहेका छन।

  • एतिहासिक पुरात्विक सामग्रीहरुको प्रदर्शनी
  • नेवारी परिकार भोज तथा खाजा बिक्रि स्थल
  • कृषि तथा हस्तकलाको प्रदर्शनी र बिक्रि
  • चाकु उत्पादन तथा बिक्रि स्टलहरु
  • लोक साहित्य तथा साहित्यिक कार्यक्रम
  • बिद्यार्थीहरुको बिज्ञान तथा प्रबिधि प्रदर्शनी
  • मौलिक परम्परागत भेषभुषामा फोटो खिच्ने
  • कलाकारिता तथा कृतिहरुको प्रत्यक्ष प्रदर्शनी
  • प्याराग्लाइडिङ प्रदर्शनी

यसका साथै सांस्कृतिक झाँकी, व्यापारिक स्टल, नेवारी खाना, नयाँ आविष्कार तथा शैक्षिक प्रदर्शनी, महोत्सवका आकर्षण हुन ।१० लाख पर्यटकलाई यस महोत्सवमा सहभागी गराउने लक्ष्य नगरपालिकाको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।