१११ जनाद्वारा रक्तदान

_DSC0366कपन अनलाइन०७० पुष १० गते
नेपाल नागरिक उड्यान प्राधिकरणको नागरीक उड्यान खेलकुद क्बलद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन् । राजधानीमा रगतको अभाव भैरहेको खबर फैलिरहेको बेला नागरीक उड्यान खेलकुद क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल नागरीक उड्यान प्राधिकरणको १५ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा नागरिक उड्यानका कर्मचारीसहित बिभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए । गतवर्ष नागरीक उड्यान खेलकुद क्लबको स्थापना भएपछि नियमित रक्तदान कार्यक्रम श्रृंखला शुरु भएको हो । नागरीक उड्यानको मूख्य कार्यालय सिनामंगलमा आयोजना गरिएको कार्यक्रममा आयोजकले रक्तदातालाई प्रमाणपत्रको साथमा टिसर्ट उपहार दिएको थियो ।

(फोटोः बसन्त गौतम)

तपाइँको प्रतिक्रिया ।