संसार एक नाट्यशाला !
कपन अनलाइन
काठमाडौं, फागुन ४ / दिवाकर आचार्य
संसार एक नाट्यशाला हो निर्माता छन् कहाँकहाँ
हामी पात्र बनी खेल्छौं अनेक थरी खेल यहाँ
रच्छिन् कथा महामाया निर्माता ब्रह्म बन्दछन्
संगीत नदीले भर्छिन् प्रकृति गीतकार छिन ।
ध्वनी पवनले भर्छन् तवल्ची मेघराज छन्
फोटोग्राफरको कार्य ती शौदामिनी गर्द्छिन्
प्रकाशको काम श्री सूर्य चन्द्र गर्छन् निरन्तर
श्रृंगार गर्ने उषा सन्ध्या गोधुलीमा छ निर्भर ।
शैली सरस्वती भर्छिन् विहङ्ग गीत गाउँछन्
निर्देशकले भने जस्तै गरी मानव नाच्दछन्
कोही उत्सङ्गमा खेली आमालाई हसाउँछन्
कोही पुस्तक बोकेर पाठशाला सजाउँछन्
कोही जर्जर भै शक्ति, होस दन्त गुमाउँदै
खेल्छन् पाठ विहीन मांसको शरीर कपाउँदै
तानी विश्रामको पर्दा गिराई शव रुप लियी
हुन्छन् विलीन माटोमा बन्धुदेखि विदा भयी
तपाइँको प्रतिक्रिया ।