बिचार !
कपन अनलाइन
काठमाडौं,फागुन ४/ओमप्रसाद कोइराला
राखौं सवैले सुबिचार राम्रो
कल्याण पक्कै पनि हुन्छ हाम्रो
गर्ने गरौं काम लगाइ पार
आरोग्य भै बस्न गरौं बिचार ।
अन्यायमा सञ्च हुुँदैन काहीं
जादै नजाने गर जाहीं ताहीं
पाखा पखेरा कति छन् सुधार
गर्दै सदा पूर्ण बनोस् बिचार ।
जञ्जालमा पर्नु हुँदैन कोही
आपस्तमा बस्न सकोस् सोही
आलस्य त्यागी अरुको सुसार
गर्दै वसौं शुद्ध सधैं बिचार ।
आनन्दले बस्न सकौं रमाई
पाइन्छ राम्रै सँग लौ बधाई
माया गरे हुन्छ सधैं सह्यार
संसारमै सभ्य बनोस् बिचार ।
भmर्को नलाग्दै सकियोस् काम
सत्कर्ममा रम्न सकौं तमाम
बाँचौंं बँचौं यै छ सँधै पुकार
मान्छे बनी गर्न सकौं बिचार ।
तपाइँको प्रतिक्रिया ।