सन्देश कटुवाल दोस्रो खेलमा विजयी

कपन अनलाइन ०७० पुष ६
नेपालको प्रतिनिधित्व गरेर दुबइमा विश्व जुनियर बुद्धिचाल च्याम्पियनसिपमा भाग लिइरहेका सन्देश कटुवाल हिजो भएको खेलमा विजयी भएका छन् । कपन गाउँ खेलकुद विकास समितिका भरत धितालले दिएको जानकारी अनुसार डिसेम्बर २० तारिखमा भएको खेलमा उनी बिजयी भए पनि त्यसअघि १९ डिसेम्बरमा भएको खेलमा  पराजित भएका थिए । कपन ३ निवासी सन्देश कटुवालले युएइको दुबईमा अझै अरु खेलहरु खेल्ने जनाइए पनि को को सँग खेल खेलेको वा खेल्ने भन्ने कुरा थाहा हुन सकेको छैन । उनी १२ वर्षमुनीको विश्व जुनियर बुद्धिचाल च्याम्पियनसिपमा सहभागि छन् ।

1493064_10152092352619534_1823405173_n

तपाइँको प्रतिक्रिया ।