भगवती युवा क्लबको १४ औं बार्षिक उत्सबको उपलक्ष्यमा विभिन्न  खेलकुद प्रतियोगिता तथा संस्कृतिक कार्यक्रम हुने

भगवती युवा क्लबको १४ औं बार्षिक उत्सबको उपलक्ष्यमा विभिन्न  खेलकुद प्रतियोगिता तथा संस्कृतिक कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौँ, फागुन २। गोकर्णेश्वर नगरपालिका वडा नं -९ मा रहेको भगवती युवा क्लबको १४ औं बार्षिक उत्सबको उपलक्ष्यमा विभिन्न  खेलकुद प्रतियोगिता तथा संस्कृतिक कार्यक्रम (कन्सर्ट) हुने भएको छ।

भगवती युवा क्लबको आयोजनामा हुन् लागेको उक्त कार्यक्रम मिति २०७६ फागुन २४ गते देखि सुरु भएर चैत्र १  गते सम्म संचालन हुने आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा खेलकुद अन्तर्गत कराते प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, ह्वीलचेयर, हाफ म्याराथन, संस्कृतिक कार्यक्रम( कन्सर्ट) सहितको कार्यक्रम हुने भएको छ।

उक्त कार्यक्रममा सम्बन्धित सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।