पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा समृद्धि र टाइम्सको विजयी सुरुवात

पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा समृद्धि र टाइम्सको विजयी सुरुवात

कपन अनलाइन

काठमाडौँ, फागुन २। समृद्धि र टाइम्सले आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा समृद्धिले एलआरआईलाई ६३–५४ ले पराजित ग¥यो । समृद्धिका खड्का गुरुङले २१ अंक जोडे । टाइम्सले गोल्डेनगेटलाई ८१–६९ ले हरायो । टाइम्सका पेम्बा शेर्पाले २६ स्कोर गरे ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक नेपाल बास्केटबल संघले १३ औं साग सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएवापत सदस्य–सचिव सिलवाललाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेको थियो । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिम सहभागी छन् ।

तपाइँको प्रतिक्रिया ।