उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दलका नेता

६ जेठ,काठमाडौ। प्रमुख दलहरु सरकारमा सहभागी भएपछि जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख प्रतिपक्षी दलका नेताको ‘चिठ्ठा’ परेको छ।

संविधानसभा निर्वाचनमा ५२ सिट सहित चौथौं ठुलो दल बनेको फोरम पटक-पटकको फूटको कारण ११ सिटमा सिमित छ।
फोरमबाटै फुटेर बनेका फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिक सरकारमा छन्। पछिल्लो समय उनले माओवादी सभासदलाइ समेत समेटेर बृहत मधेशी मोर्चा गठन गरेका छन्।
संसदिय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको विशेष भुमिका र स्थान हुन्छ।प्रधानमन्त्री पछि सदनलाई सम्वोधन गर्ने समय उनले पाएका थिए।उनले गाडी सहित मन्त्री सरह सुविधा पाउछन्।
तपाइँको प्रतिक्रिया ।