लुम्बिनीमा निर्माणाधीन ब्रजयान महाविहारलाई काठमाडौं महानगरको ४ करोड अनुदान
कपन अनलाइन
काठमाडौं, माघ २६ । लुम्बिनीमा निर्माणाधीन ब्रजयान महाविहारमा कलात्मक आँखीझ्याल र प्रवेश द्वार बनाउन काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार रुपैयाँ अनुदान दिएको छ ।
शनिबार राजधानीमा भएको औपचारिक समारोहमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महाविहार संचालक समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यलाई अनुदान रकमको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि समारोहलाई सम्वोधन गर्दै मेयर शाक्यले, नेपाल चिनारीका रुपमा रहेका गौतमबुद्ध र सगरमाथाको देशका रुपमा विश्वसामु परिचित भएको उल्लेख गर्दै, लुम्बिनीमार्फत काठमाडौंको पहिचान बिश्वभर पुर्याउन सहयोग गरिएको बताए । ‘हामी विश्वका जुनसुकै देश जाँदा पनि गौतमबुद्ध र सगरमाथाको देशका नागरिक हौँ भनेर गौरवका साथ भन्ने गर्छौ,’ मेयर शाक्यले भभने , ‘तर, लुम्बिनीमा नेपाली मौलिकभन्दा अन्य देशका महाबिहार धेरै छन् । गौतमबुद्धको जन्मथलो लुम्बिनी घुम्न आउँदा हाम्रो परम्परा झल्किने खालका महाविहार नदेख्दा पर्यटकहरु खिन्न हुनुपर्ने अवस्था रहेको र यो खिन्नता कम गराउन महानगरले सहयोगको हात कार्यक्षेत्र बाहिर बढाएको हो । उनले भने अब लुम्बिनी घुम्न आएका पर्यटक र बौद्धधर्मावलम्बीहरु नेपाल बज्रयान महाविहारभित्र छिर्दा त्यहाँ नेपालको कला, संस्कृतिको झल्को पाउने उनले बताए ।
कार्यक्रममा संघीय सांसद जीवनराम श्रेष्ठ, वीणा श्रेष्ठ, प्रदेश सांसद डा. अजयक्रान्ति शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य तथा जनसाधारण सहभागी थियो ।
लुम्बिनी भियतनाम, श्रीलंका लगायतका देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरेका छन् । त्यहाँ नेपालीपनका बिहारको नभएकोले बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार संचालक समिति ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण शुरु गरेका हुन् ।
फोटो सौजन्य :काठमाडौँ अनलाइन