शिवपूरी बालुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा अङ्गुर पौडेल

शिवपूरी बालुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको अध्यक्षमा अङ्गुर पौडेल

कपन अनलाइन

काठमाडौं, माघ २६ ।शिवपूरी बालुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीको नयाँ अध्यक्षमा अङ्गुर पौडेल निर्वाचित भएका छन् ।

बुढानीलकण्ठ नगरपालीका वडा ११ रहेको समितीको छैठौँ वार्षिक साधारण सभा माध २५ गते सम्पन्न भएको थियो  उक्त साधारण सभामा पुरानो कार्यसमितीले बार्षिक प्रतिवेदन तयार गरी प्रस्तुत गरेको थियो।उक्त साधारण सभाबाट  खानेपानी समितीको नयाँ कार्यसमिति  चयन गरेको थियो ।

सर्वसम्वत चुनिएका नयाँ कार्यसमिति अध्यक्षमा अङ्गुर पौडेल,उपध्यक्षमा जुठे नगरकोटी,सचिवमा सुमन थापा,कोषाध्यक्षमा अमृता के.सी र सदस्यमा कपिल पौडेल,अनिष बहादुर के.सी,सुर्य लामा,राम खड्का,बिष्णु खड्का,लक्ष्मी लुइटेल र रोहित लामा  चुनिएका छन् ।

अध्यक्षको पदको लागी ३ जनाको उमेद्वारी परेको थियो ।जसमा समितिमा सदस्यको पदमा रहेर काम गरि आएका अङ्गुर पौडेल,सचिव राम राजा गौतम र उपभोक्ता सुमन खड्काको उमेद्वारी परेको थियो ।

 निवर्तमान सचिव राम राजा गौतमले आफ्नो उमेद्वारी फिर्ता लिएर युवा र सक्षम निवर्तमान सदस्य अङ्गुर पौडेललाई समर्थन गर्ने धोषण गरे पछि सुमन खड्काले पनि आफ्नो उमेदवारी फिर्ता लिएका थिए।

२९६ जना खानेपानी उपभोक्ता भएको यस समितिमा नयाँ कार्यसमिति आएपछि समितिबाट उपभोक्ताले सुधार र नयाँ योजनाको अपेक्षा गरेका छन् । यस अपेक्षा अनुरूप काम गर्न नयाँ समितिले पुराना समितिबाट सिक्दै नयाँ योजना ल्याएर काम गर्न पर्ने जिम्मेवारी पनि थपिएको छ।

तपाइँको प्रतिक्रिया ।