सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोराना संक्रमण नभएको पुष्टि
कपन अनलाइन
काठमाडौं, माघ २९ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल संक्रम भए पनि कोरोना भाइरसको संक्रमणको संभावना नरहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गदत्त चापागाईका अनुसार हिजोबाट आफूहरुले सो गाउँको ट्रभाल हिस्ट्री बारे बुझन लगाएको र त्यहाँ कोही पनि चीन लगायत संक्रमित क्षेत्रबाट आवतजावत गरेको नपाइएकोले कोरोना भाइसर संक्रमको कुनै संभावना नरहेको बताए ।
सो क्षेत्रमा हाल देखा परेको भाइरल संक्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्टहरु परिचालन गरी उपचार शुरु गरिएको र केहीलाई निको समेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाँईले बताए ।
साथै त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरुले टेकु स्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यस तर्फ पठाउने जानकारी गराएको बताए ।
यसैबीच सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घण्टा पैदल दुरीमा रहेको र अहिले जलविरेबाट चिकित्सकको टोली लिएर आफू त्यसतर्फ जाँदै गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
गाउँमा २०१ जनामा संक्रम भएका मध्ये १० जनाको उपचार भएको र एक जनाको अबस्था गम्भीर रहेको अध्यक्ष नेपालले जनाकारी गराए ।
गाउँपालिकामा हेल्थ असिस्टेन्ट मात्रै भएकाले आफूले चिकित्सकको टोली लिएर जान लागेको बताए ।
गाउँमा भाइरल संक्रम भए पछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दो जुल्दो भएको भन्दै जुगल गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार समेत गरको छ ।
सो स्थानमा विगत तीन दिन देखि विरामीको संख्या बढेको हो ।