एसियन पब्लिक विजयी

एसियन पब्लिक विजयी

कपन अनलाइन

काठमाडौँ,माघ२३  । एसियन पब्लिकले नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ बुधबार जित हात पारेको छ ।

एसियन पब्लिकले क्लिन्टनलाई १७–११ ले पराजित गर्यो  । एसियन पब्लिककी निपिशाले ९ अंक योगदान  गरिन् । सोही स्पर्धामा अनिता कार्कीको १२ अंक सहयोगमा स्वप्न वाटिकाले रेडिअन्टलाई २६–१५ ले हरायो ।
सिनियर ब्वाइजमा हिमालयन, हिमाली, आयोजक इनोभेटिभ र नेरिक एकेडेमीले सफलता पाए । हिमालयनले ह्वाइट हेभेनलाई ३८–२८ ले पन्छायो । हिमालयनका विनोद नेपालीले १४ अंक जोडे । हिमालीले एआईएलाई ४५–२६ ले पाखा लगायो । हिमालीका कृश्चल अधिकारीले १९ स्कोर गरे ।
इनोभेटिभले एसियन पब्लिकमाथि ६०–४४ को जित दर्ता ग¥यो । इनोभेटिभका रेनिश खड्काले २० अंक बटुले । एस्फोडेल विरुद्धको खेलमा नेरिक ४२–१७ ले सहजै विजयी भयो । नेरिकका लागि शिशिर चालिसेले ८ अंक जोडे ।

तपाइँको प्रतिक्रिया ।