तेश्रो राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न 

तेश्रो राष्ट्रिय स्की च्याम्पियनसिप सम्पन्न 

कपन अनलाइन

काठमाडौँ,माघ २३ । मुस्ताङको मुक्तिक्षेत्रमा सोमबार तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको  छ  ।

नेपाल स्की संघको  आयोजनामा  भएको  उक्त  ग च्याम्पियनसीपमा ४ जिल्लाका ३३ खेलाडी सहभागी भएका थिए । स्कीका ३ विधालाई मुख्य आधार बनाएर खेलाइएको च्याम्पियनसीपमा हिउँमा खेल्ने खेलाडीलाई एकआपसमा प्रतिस्पर्धा गराइएको थियो ।

च्याम्पियनसीपको क्रस कन्टी विधातर्फ महिला खेलाडी सुजता न्यासुर  प्रथम भइन् भने ईशा तामाङ दोश्रो भइन् । यसका अतिरिक्त क्रस कन्टीमा थुप्तेन लामा र चिनार तामाङ तेश्रो र चौथो भए । यस्तै स्नो बोडिङ स्कीतर्फ विशाल तामाङ प्रथम, नविन तामाङ दोश्रो र छिरिङ तामाङ तेश्रो भए ।

अल्पाइन स्कीतर्फ सिनियर र जुनियर गरी २ समुहमा पुरुष र महिलाबीच अलग–अलग प्रतिस्पर्धा गराइएको थियो । स्की कोअर्डिनेटर अर्जुन महर्जनका अनुसार अप्लाइन स्कीको सिनियर पुरुषतर्फ साहसराम श्रेष्ठ प्रथम, सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेश्रो भए । महिला सिनियर अल्पाइनतर्फ गौरीमाया तामाङ प्रथम, संगिता लामा दोश्रो र लक्ष्मी राई तेश्रो भइन् । अप्लाइन स्कीको जुनियर पुरुषतर्फ सागर तमाङ प्रथम, उमङ्ग रञ्जित दोश्रो र किरण रञ्जित तेश्रो भए । महिलातर्फ लाक्पा डोल्मा शेर्पा प्रथम, आरसी महर्जन दोश्रो र उजला मुनिकार तेश्रो भइन् ।

सोमबार स्कीका ३ वटै विधाका च्याम्पियन तथा बिजेता टोलीलाई  ओलम्पिक कमिटी तथा स्की संघका अध्यक्ष एवं संघिय सांसद जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, प्रदेश सांसद महेन्द्रबहादुर थकाली लगायतले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरे ।

स्की च्याम्पियनसीपको समापन समारोहमा बोल्दै स्की संघ अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले नेपाली खेलाडीलाई माउन्टेन अनुकुल खेलको तालिम संञ्चालन गरी  अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने संघको मुख्य उद्देश्य रहेको बताए ।

तपाइँको प्रतिक्रिया ।