नविता विजयी

नविता विजयी

कपन अनलाइन

काठमाडौँ,माघ २३  ।  नेपालकी नविता श्रेष्ठले तेश्रो सम्झना कप अन्तर्राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार जित हात पारेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नविताले नेपालकै रोशनी अधिकारीलाई ११–४, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा नेपालकी सोनु थापा मगरले नेपालकी दिया देउलालाई ३–१, नेपालकी दीक्षा तामाङले नेपालकी यसश्वी अवाललाई ३–०, नेपालकी एलिना महर्जनले नेपालकी प्रोमिशा न्यौपानेलाई ३–० र भारतकी ममताले नेपालकी अनामिका कस्तीलाई ३–० ले हराए ।
पुरुष सिंगल्समा भारतका आदर्शले नेपालका अड्रेन   शाहीलाई ३–१, नेपालका संयोग कपालीले नेपालका समिर खत्रीलाई ३–० र नेपालका रितिज जोशीले नेपालका नाम्साङ राईलाई ३–० को सेटमा पाखा लगाए ।
यसैबीच प्रतियोगिताको भेट्रानमा सहभागी हुन भारतको सिक्कमबाट आएका ७ सदस्यीय टोलीलाई बुधबारै बिदाइ गरिएको छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र आयोजक ललितपुर जिल्ला टेबलटेनिस क्लबका पदाधिकारीले टोलीलाई प्रतियोगितामा सहभागिता जनाएको बधाइ दिदै बिदाइ गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।