विश्वकप फुटबल २०१४ को समूह चरणको फाइनल ड्र सार्वजनिक

कपन अनलाइनमंसिर २२ गतेSoobas10

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०१४ जुन १२ देखि जुलाई १३ सम्म ब्राजिलमा हुने विश्वकप फुटबलको समूह चरणको फाइनल ड्र शुक्रबार राती सार्वजनिक गरेको छ । जसमध्य समूह ए मा ब्राजिल, क्रोयसिया, मेक्सिको र क्यामरुन; समूह बी मा स्पेन, नेदरल्याण्ड, चिली, र अष्टे«लिया; समूह सी मा कोलम्विया, गी्रस, आइभोरी कोस्ट र जापान; समूह डी मा उरुग्वे, कोस्टारिका, इङ्गल्याण्ड र इटली; समूह इ मा स्वीजरल्याण्ड, इक्वेडर, फ्रान्स र होन्डुरस; समूह एफमा अर्जेन्टिना, बेस्निया–हर्जगोभ्निया, इरान र नाइजेरिया; समूह जी मा जर्मनी, पोर्चुगल, घाना र अमेरीका; समूह एच् मा बेल्जियम, अल्जेरीया, रसिया र द.कोरिया रहेका छन् ।

world_cup_draw_complete_custom-fb835c371293478d7c4c74ff977261b1d1964bf0-s6-c30
विश्वकप फुटबल २०१४ को पहिलो खेल आयोजक तथा पाँच पटकको विश्वकप विजेता ब्राजिल र क्रोयसियाबिच जुन १२ मा साओ पावलोको मार्काना फुटबल स्टेडियममा हुनेछ । समूह एफमा रहेको बेस्निया–हर्जगोभ्नियाले पहिलो पटक विश्वकप खेल्ने  मौका पाएको छ । विश्वकप सुरु हुन १८७ दिन बाँकी रहँदा ब्राजिलमा ६ वटा फुटबल स्टेडियम निर्माणाधिन रहेका छन् । दक्षिण अमेरीकी भूमिमा हुन लागेको विश्वकपको यस संस्करणमा ब्राजिल र अर्जेन्टिना फाइनलमा आमने सामने हुने विभिन्न राष्ट्रका विश्लेषकहरुको भनाइ रहेको छ ।
प्रत्यक चार वर्षमा आयोजना गरिने विश्वकप फुटबल सन् १९५० पछि दोस्रो पटक पूनः ब्राजिलमा हुन लगेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल लगायत दुईवटा विश्वकपको विजेता अर्जेन्टिना, पूर्व विश्वकप विजेता स्पेन र जर्मनी जस्ता स्टार खेलाडीहरुले भरिपूर्ण टिमहरुको विश्वकपको यस संस्करणमा दबदबा रहने छ । चार वर्षको लामो पर्खाइ पछि फेरि पनि खेल परख्ीाहरुले एक महिनासम्म ब्यूटिफुल गेमको महाउत्सव विश्वकप फुटबलको मनोरञ्जन लिन पाउने छन् ।
– एजेन्सिहरू

तपाइँको प्रतिक्रिया ।