भारतका ५ राज्यको मतगणाना आज

कपन अनलाइनमंसिर २३
छिमेकी मुलुक भारतको ५ वटा प्रदेशमा नोभेम्बर र डिसेम्बर महिनामा भएको मतदानको मतगणना आज हुँदैछ । आज बिहान ८ बजेबाट हुने मतगणना १० घण्टामा सकिने अनुमान गरिएको छ । दिल्ली, राजस्थान, मध्यप्रदेशजस्ता महत्वपूर्ण राज्यहरुमा कसले जित्ने भन्ने कुरा तातेको भारतीय राजनीतिमा यस परिणामसँगै केही महिनापछि हुने लोकसभा निर्वाचनको परिणामलाई प्रभावित पार्नेछ । त्यसैगरी छत्तिसगढ र मिजोरममा भएको मतदानको पनि मतगणना हुँदैछ । चुनावअघि दिल्लीमा कांग्रेस आइकी शिला दिक्षितको ३ कार्यकाल पूरानो सत्ता थियो भने मध्यप्रदेशमा भाजपाका शिवराज सिंह पाटिलको २ कार्यकाल पूरानो राज थियो । त्यसैगरी राजस्थानमा अशोक गहलोतको १ कार्यकाल पूरानो राज्य थियो । छत्तिसगढमा भाजपाको १० वर्ष पूरानो राज थियो । मिजोरममा कांग्रेस आइले ५ वर्ष राज गरेको थियो ।
पछिल्ला केही वर्षदेखि भारतमा कांग्रेस आइको कमजोर अवस्था देखिएकोले दिल्लीमा पनि कांग्रेस आइ हार्ने मतगणना अघिको सर्वेक्षणहरुले जनाएको छ । त्यसैगरी राजस्थानमा पनि अशोक गहलोतको सरकार अर्काेपटक नबन्ने सर्वेक्षण आएको छ । त्यसैगरी मध्यप्रदेशमा भाजपाको सरकार फेरि एकपटक बन्ने सर्वेक्षणमा देखिएको छ भने छत्तिसगढमा भाजपा र कांग्रेसको थोरै सिटको हारजीत हुने सिलसिला यसपाला पनि यथावत हुने सर्वेक्षणमा देखिएको छ । मिजोरममा कांग्रेसको प्रतिष्पर्धा यसपटक पनि त्यहाँको स्थानीय पार्टीसँग हुने देखिएको छ ।
दिल्ली विधान सभाको चुनावमा नयाँ पार्टीको रुपमा आएको अरबिन्द केजरीवालको आम आदमी पार्टीले सबैलाई आश्चर्यमा पार्ने नतिजा ल्याउने सर्वेक्षणमा देखिएको छ । आमआदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालल

तपाइँको प्रतिक्रिया ।