समता, सेनचेन महाबौद्ध ,नेपाल तारा र कास्तुभ स्कुल काठमाडौं महानगर प्याब्सन कप फुटसलको अन्तिम चारमा

समता, सेनचेन महाबौद्ध ,नेपाल तारा र कास्तुभ स्कुल काठमाडौं महानगर प्याब्सन कप फुटसलको अन्तिम चारमा

कपन  अनलाइन  

काठमाडौँ, माघ २०।प्याब्सन काठमाडौं महानगर कमिटी द्वारा आयोजित काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करणको आज दोस्रो दिनका खेलहरु संचालन भएका छन्। काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित एरिना फुटसलमा संचालन भएको सो प्रतियोगीताको क्वाटर फाईनलमा पिस पोइन्ट लाइ १-० गोल अन्तरले हराउदै नेपाल तारा , तारा सदनलाई २-० गोल अन्तरले हराउदै समता , प्रितिमा लाइ ७-० गोल अन्तरले हराउदै कास्तुभ र सनसाइनलाइ ४-१ गोल अन्तरले हराउदै सेनचेन महाबौद्दले सेमीफाइनलको यात्रा तय गरेका छन् ।

आजै भएको प्रि क्वाटर फाइनलमा समताले एप्पल इन्टरनेसनल लाइ १-० ले , सेनचेन महाबौद्धले लुम्बिनी लाइ ८-० ले, कास्तुभले ज्ञानमालालाइ ७-० गोल अन्तरले पराजित गरेका थिए भने नेपाल ताराले गोल्डेन पिक बाट वाक ओभर पाई क्वाटर फाइनलमा आफुलाई पुर्याएको थियो ।समता , सेनचेन महाबौद्व , नेपाल तारा र कास्तुभ अन्तिम चार मा प्रतियोगिताको अन्तिम दिन भोलि सेमिफाइनल र फाइनलका खेलहरु संचालन हुने आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठले  कपन अनलाइनलाइ जानकारी गराए।  

३ दिनसम्म चल्ने प्रतियोगितामा प्याब्सन सँग आवद्द काठमाडौं महानगर कमिटीका कुल  ३२ बिद्यालयका टिमको सहभागिता रहेको छ ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, उपविजेताले नगद  रु  १० हजार र तृतीय हुने टिमले नगद रु ५ हजार रूपैयाँ नगदका साथै ट्रफी ,मेडल तथा प्रमाणपत्र पाउने छन् भने  व्यक्तिगत विधामा उकृष्ट खेलाडीले जनही २-२ हजार नगदसहित ट्रफी पाउने छन्।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।