नेपाल ड्राईभिङ ट्रायलसेन्टर सुकेधाराबाट नक्कली प्रशिक्षार्थी पक्राउ

नेपाल ड्राईभिङ ट्रायलसेन्टर सुकेधाराबाट नक्कली प्रशिक्षार्थी पक्राउ

कपन अनलाइन

काठमाडौं, माघ २०। महानगरीय ट्राफिक प्रहरी महाशाखावाट खटिएका ट्राफिक प्रहरी टोलीले नक्कली प्रशिक्षार्थी पक्राउ गरेको  छ ।

पक्राउ पर्नेमा जिल्ला कैलाली घोडाघोडीनगरपालिका वडा  नं -११ घर भई हाल किर्तिपुर पाँगा बस्ने वर्ष २१ को ललित जोशी रहेका  छन् ।  जुम्लाका श्रीप्रसाद दाहालको ट्रायल परीक्षा दिन आएका उनलाई नेपाल ड्राईभिङ ट्रायलसेन्टर, सुकेधाराबाट पक्राउ गरिएको  हो  ।

उनलाई  थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त गौशालामा पठाईएको छ  ।

तपाइँको प्रतिक्रिया ।