गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर सेभेन ए साइड फुटबल प्रतियोगितामा अत्तरखेल युवा समाज बिजयी

गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर सेभेन ए साइड फुटबल प्रतियोगितामा अत्तरखेल युवा समाज बिजयी

कपन अनलाइन

काठमाडौं, माघ २०। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित  प्रथम उप मेयरकप सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल सम्पन्न भएको छ  । युवालाई दुर्व्यसन तर्फ लाग्न नदिई खेलकुद तर्फ आकर्षित गर्ने  र नगर भित्र रेहेका फुटबल खेलाडिहरुको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल  खेलाडी उत्पादन गर्न सहयोग पुगोस भन्ने  उद्देश्यका साथ आयोजना गरिएको सो प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनि नजिक रहेको च्यासीडोल खेल मैदान मा जारी रहेको छ।

तेस्रो दिन आज सोमबार सुन्दरीजल र अत्तरखेल युवा समाज बीच खेल सम्पन्न भएको छ  उक्त खेलमा अत्तरखेल युवा समाजले सुन्दरीजललाइ ५-२ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । अत्तरखेल युवा समाजका जर्सी नं १० का दुर्गालाल श्रेष्ठले खेलको ९ मिनेटमा आकर्षक   गोल गर्दै  अग्रता दिलाएका थिए भने लगत्तै खेलको १२ मिनेटमा पुन अत्तरखेल युवा समाजका जर्सी नं ३ का सुजन बस्नेतले गोल गर्दै २-० को अग्रता दिलाए ।

दुइ गोल ले पछि परेको सुन्दरिजल खेलको १९ मिनेटमा जर्सी नं७का अनिल मगरले गोल गर्दै खेल २-१को बनाए। सुन्दरीजलका खेलाडीहरुले  खेललाइ बराबरीमा ल्याउन गरेको धेरै प्रयासहरु सफल हुन सकेन ।पहिलो हाफ २-१मा सकिएको थियो। दोस्रो हाफ को ७ मिनेटमा पुन अत्तरखेल युवा समाजका जर्सी नं १० का दुर्गा लाल श्रेष्ठले प्रहार गरेको बललाइ जाली चुमाउदै  ३-१को अग्रता दिलाए।  पुन अत्तरखेल युवा समाजका जर्सी नं ४ का सुरज लामाले खेलको ३१ औ मिनेटमा आकर्षक गोल गर्दै ४-१ को अग्रता दिलाए ।

सुन्दरीजलका खेलाडीहरुले खेललाइ सुधार गर्दै खेलको ३६औ मिनेटमा जर्सी नं ७ कै अनिल मगरले गोल गरेका थिए । उत्कृष्ट प्रदर्शन गरिरहेका अत्तरखेल युवा समाजका जर्शी नं ३ का सुजन बस्नेत घाइते हुन पुगेका थिए।   यो भन्दा अगाडिको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने गरेका अत्तरखेल युवा क्लबका खेलाडी  दिनेश राइको प्रदर्शन भने आजको खेलमा मध्यम रहेको थियो । खेलको अन्तिम समयमा पुन अत्तरखेल युवा समाजका जर्सी नं  ७ का खेलाडी किरण थिंङले गोल गर्दै सुन्दरीजललाइ ५-२ गोल अन्तरले पराजित  गर्न सफल भए ।

आजको प्रतियोगिता रेफ्री प्रदिप लामा र सारांश तामाङले खेलाएका थिए ।कुल ८ वटा टिमले सहभागिता जनाएको सो प्रतियोगिता माघ २५ गते सम्म चल्नेछ ।प्रतियोगितामा प्रथम र दितीय हुने टिमले क्रमश नगद पुरस्कार रु ४० हजार र २० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।