कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न

कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं, माघ २०। बुढानिलकण्ठ नगरपालिका वडा नं ८ महांकालमा रहेको कम्युनिटी केयर नेपाल द्वारा आयोजित बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबार फाइनल खेल सम्पन्न भएको छ ।शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाइ बिद्यार्थीहरुमा रहेको फुटबल प्रतिको अभिरुचीलाइ मध्यनजर गर्दै प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य राखेर बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित ह्याण्ड बल खेल मैदानमा संचालित सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो।

उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि संघिय सांसद गगन कुमार थापा रहेका थिए भने बिशेष अतिथिको रुपमा बागमती प्रदेशका प्रदेश सांसद कुसुम कुमार कार्की, प्रदेश सांसद न्हुच्छे नारायण श्रेष्ठ,खेल विश्लेषक नबिन पाण्डे टान का अध्यक्ष खेम सुबेदी , एन .ई. ए का पुर्व महासचिव उमेश थामी, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेश ख संयोजक बिनोद चालिसे काठमाडौं जिल्ला खेलकुद समितिका पुर्व अध्यक्ष धुर्वराज न्यौपाने कम्युनिटी केयर नेपालका पदाधिकारीहरु लगायत बिभिन्न सामाजिक संस्थाका प्रतिनिधि, सहभागी बिध्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि, खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता कम्युनिटी केयर नेपालका अध्यक्ष बिजेन्द्र श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन भावना अर्यालले गरेकी थिइन्। कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका प्रदेश सांसद कुसुम कुमार कार्कीले आयोजकलाइ धन्यबाद दिदै समृद्दीको लागि पर्यटनपछि खेलकुद महत्वपूर्ण हुने उल्लेख गर्दै  स्वास्थ जीवनयापनको लागि र राष्ट्र को लागी खेलकुद अपरिहार्य रहेको  समेत बताए।  उनले पछिल्लो समय खेलकुदमै लागेर पनि खेलाडीको भविश्य बन्छ भनेर विश्वास गर्न सकिने स्थिति सिर्जना हुदै गएको बताए । उनले  सबै खेलाडीलाई एकाग्र भई अनुशासित भएर  खेलमा लाग्नु पर्ने बताएका थिए । उनले खेलकुदको विकास लगायत अन्य बिकासका लागि सबै जना एक जुट हुनु पर्ने भन्दै   तीनै तहका सरकार  संग आफु छलफल गर्नको लागि तयार रहेको बताएका थिए ।उनले आफुले सकेको ठाउ बाट गर्न सक्ने सहयोग सदैब गर्ने पनि  बताए ।

 कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै प्रदेश सांसद न्हुच्छे नारायण श्रेष्ठले आयोजकलाइ धन्यवाद दिदै  प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए। उनले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम  समेत भएको बताए । उनले पनि खेलकुदको बिकासको लागि आफुले गर्न सक्ने सहयोग गर्ने बताएका थिए । कार्यक्रममा खेल विश्लेषक नबिन पाण्डे, टान का अध्यक्ष खेम सुबेदी , एन .ई. ए का पुर्व महासचिव उमेश थामी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

फाइनल खेल को उद्घाटन कार्यक्रमका बिशेष अतिथि द्वय बागमती प्रदेशका प्रदेश सांसद कुसुम कुमार कार्की र न्हुच्छे नारायण श्रेष्ठले रेफ्रीलाइ बल हस्तान्तरण गरि गरेका थिए ।  प्रतियोगिताको फाइनल खेल ध्रुबतारा स्कुल र त्रि ज्योती स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा ध्रुबतारा स्कुलले त्रि-ज्योति स्कुललाइ ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि कब्जा गरेको छ।

बिजेता उप बिजेता सहित बिभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद गगन कुमार थापाले पुरस्कार वितरण गरेका थिए। पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संघिय सांसद गगन कुमार थापाले आयोजकलाइ धन्यबाद दिदै बिजयी खेलाडीहरुलाई बधाई ब्यक्त गरेका थिए ।उनले कम्युनिटी केयरले आगामी दिनमा सबैको सहयोग प्राप्त गर्दै खेलकूद , कला साहित्य  लगायत अन्य सामाजिक कार्यहरुमा अगाडि बढ्दै आइरहेको भन्दै आगामी दिन समेत  उक्त कार्यहरुलाइ निरन्तरता दिन अनुरोध गरेका थिए  ।

जित संगै ध्रुबतारा स्कुलले नगद रु रु २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हुदै त्रि ज्योति स्कुलले नगद रु १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसै गरि प्रतियोगितामा म्यान अफ द म्याच ध्रुव  तारा स्कुलका खेलाडी प्रयुक्त मावु घोषित भएका थिए भने उत्कृष्ट खेलाडी ध्रुव तारा स्कुलका सागर रुम्बा ,  उत्कृष्ट गोल रक्षक ध्रुव ताराको  सुघन बराम र  सर्वाधिक गोलकर्ताको रुपमा त्रिज्योति एकेडेमीका खेलाडी समिर राई घोषित भएका थिए ।

 माघ १४ गते देखि १८ गते सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं१० स्थित ह्यान्ड बल खेल मैदानमा आयोजना  भएको सो प्रतियोगितामा कुल १६ वटा टिमले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए।सभाध्यक्षको आसन बाट बोल्दै कम्युनिटी केयर नेपालका अध्यक्ष बिजेन्द्र श्रेष्ठले कम्युनिटी केयर नेपाल स्थापनाको छोटो समयमै  धेरै सामाजिक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए ।उनले  कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।