ओम  समाज डेन्टल हस्पिटलद्वारा विभिन्न स्थानमा निशुल्क  दन्त्य शिबिर संचालन

ओम  समाज डेन्टल हस्पिटलद्वारा  विभिन्न  स्थानमा निशुल्क  दन्त्य शिबिर संचालन

कपन अनलाइन

काठमाडौं, माघ २० ।ओम  समाज डेन्टल हस्पिटलले यसै साता लगातार बिभिन्न ठाउमा निशुल्क  दन्त्य शिबिरहरु सम्पन्न गरेको छ ।जसको दाँत सबल उस्को जीवन सफल भन्ने मूल नाराका साथ् सो निशुल्क  दन्त्य शिबिर संचालन गरिएको  हो ।

यसै अन्तर्गत माघ १६ गते सरस्वती पुजाको अबसर पारी ओम समाज डेन्टल हस्पिटलले क्याम्पेन काठमाडौँ सेकेण्डरी स्कुलमा एकदिने निस्शुल्क दन्त शिविर सम्पन्न भएको छ । दन्त शिविर बिहान दस बजे देखि सुरु भई दिउसो तिन बजे सम्म संचालन गरिएको थियो त्यसै   माघ १७ गते शुक्रबार रोटरी कलबको सहकार्यमा महालक्ष्मी माध्यमिक बिधालय नखिपोट,ललितपुरमा एक दिने निस्शुल्क दन्त सिबिर सम्पन्न भएको छ   ।

माघ १८ गते सानिबारका  दिन इन्द्र अन्नपूर्ण योग केन्द्रको सहकार्यमा  श्री अरबिन्द योग मन्दिर चन्द्रागिरी नगर पालिका -६ मा एकदिने निस्शुल्क दन्त शिविर सम्पन्न भएको छ ।जसमा अनाथ अपाङ्गता भएका व्यक्ति हरुको पनि दाँत मुख चेक जाच् गरिएको थियो । दाँत मुख सम्बन्धि निसुल्क शिबिरले सबै को लागि सहज बनाइएकोमा योग मन्दिरका स्वामी ले ओम समाज डेन्टल परिवारलाई धन्यवाद ज्ञापन गरेका  थिए ।
सबै शिबिर बिहान १० बजे देखि सुरु भई बेलुका ३ बजे सम्म संचालन गरिएको थियो । क्याम्पेन काठमाडौँ सेकेण्डरी स्कुल, महालक्ष्मी माध्यमिक बिधालय नखिपोट,ललितपुर, श्री अरबिन्द योग मन्दिर चन्द्रागिरी नगर पालिका (६ मा गरिएको निसुल्क शिविरमा जम्मा ११७५ जनाले आफ्नो दाँत मुखको स्वास्थ सम्बध चेक जाच गराएका थिए ।
ओम समाज डेन्टल हस्पिटलले  सबै निशुल्क शिविरमा   अत्याधुनिक सुबिधा सम्पन एम्बुलेन्सको प्रयोग गरि दाँत चेक जाच  गरिएको  थियो ।
उक्त दन्त्य स्वास्थ शिबिरमा सहभागी सबैलाई   ओम समाज डेन्टल हस्पिटलको आजिबन सदस्यता कार्ड  तथा ब्रस मन्जन पनि वितरण गरि कसरि सही तरिकाले दाँत माझ्ने भन्ने बारे पनि सिकाइएको  थियो ।

तपाइँको प्रतिक्रिया ।