प्याब्सन काठमाडौं महानगर कमिटि द्वारा आयोजित काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिता आज बाट शुरु

प्याब्सन काठमाडौं महानगर कमिटि द्वारा आयोजित काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिता आज बाट शुरु

कपन अनलाइन

काठमाडौंमाघ १९ ।प्याब्सन काठमाडौं महानगर कमिटी द्वारा आयोजित काठमाडौं महानगर प्याब्सन कप फुटसल प्रतियोगिताको पहिलो संस्करण आज बाट शुरु भएको छ। काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित एरिना फुटसलमा संचालन भएको सो प्रतियोगीताको आज एक समारोह बीच उद्घाटन भएको हो।

।उक्त प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा रहेका थिए भने बिशेष अतिथिको रुपमा समाज सेवी एबम एरिना फुटसल उपभोक्ता समितिका अध्यक्षजय मंगल लामा ,आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठ, एन्फा केन्द्रिय सदस्य दावा लामा आइ सी एफ सी फाईनान्सका सुदिन कुमार लामा र अर्पना लामा लगायत बिभिन्न बिध्यालयका प्रिन्सिपल, शिक्षक  प्रतिनिधि,  खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता काठमाडौं महानगर प्याब्सन कमिटीका अध्यक्ष मुरारीप्रकाश सन्जेलले गरेका थिए भने कार्यक्रम संचालन रबिन्द्र बस्नेतले गरेका थिए।

राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा आयोजक कमिटीका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक ज्ञानबहादुर श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।कार्यक्रममा विट्स एकेडमीका बिद्यार्थीहरुले स्वागत नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले आयोजकलाइ काठमाडौं महानगरपालिका वडा नं ६ लाइ छनौट गरि खेल संचालन गरेकोमा खुसि ब्यक्त गर्दै धन्यबाद ज्ञापन गरेका थिए। उनले   स्वास्थ्यको लागि खेलकुद आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम  समेत भएको बताए । उनले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्‍याउने पनि बताए । उनले सबै खेलका खेलाडीहरु विद्यालयबाट नै उत्पादन गर्ने अभियानमा लाग्नुपर्छ, वडा अध्यक्ष लामाले भने : “विद्यालयस्तर जग हो। जग बलियो भयो भने घर बलियो हुन्छ ।” उनले खेलाडीहरुलाई अनुशासनमा रहेर खेल्न अनुरोध गर्दै प्रतियोगिताको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रमका  प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दीपेन्द्र लामा र प्याब्सन काठमाडौं महानगर कमिटी अध्यक्ष  मुरारी प्रकाश संजेलले संयुक्त रुपमा रेफ्री कुमार खडकालाइ बल हस्तान्तरण गरि प्रतियोगिताको  उद्घाटन गरेका थिए।३ दिनसम्म चल्ने प्रतियोगितामा प्याब्सनसँग आवद्द काठमाडौं महानगर कमिटीका कुल  ३२ बिद्यालयका टिमको सहभागिता रहेको छ  ।

आज भएको उद्घाटन खेलमा समता शिक्षा सदनले विट्स एकेडमीलाई ४-१ गोल अन्तर ले पराजित गर्दै ३ अंक आफ्नो पोल्टामा पारेको छ । लिक कम नकआउट को आधारमा खेलाइएको प्रतियोगिताको आज पहिलो दिन लिग चरण का २४ खेल हरु सकिएका छन् ।आज सम्पन्न पहिलो दिनको लीग खेलहरू सकिए संगै समूह ए बाट समता शिक्षा सदन समूह बि बाट तारा सदन इंग्लिश स्कूल समूह सी बाट एप्पल इण्टरनेसनल स्कूल समूह ड़ी बाट अनमोल ज्योति सेकेण्डरी स्कूल समूह इ बाट सेनचेन महाबौद्व विध्यालय समूह एफ बाट एलिंक्सर इंग्लिश स्कूल समूह जी बाट लुम्बिनी एकेडमी समूह एच बाट ब्रिज वाटर एकेडमी आ-आफ्ना समूहमा शीर्ष स्थानमा रहेका छन ।प्रतियोगिताको दोस्रो दिन भोली लीग चरणका बाक़ी खेल र प्री क्वाटर फ़ाईनलका खेलहरू संचालन हुनेछन।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार, उपविजेताले नगद  रु  १० हजार र  तृतीय हुने टिमले नगद रु ५ हजार रूपैयाँ नगदका साथै ट्रफी ,मेडल तथा प्रमाणपत्र पाउने छन् भने  व्यक्तिगत विधामा उकृष्ट खेलाडीले जनही २-२ हजार नगदसहित ट्रफी  पाउने छन्।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।