गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगीतामा गोकर्ण फुटबल ग्रुप ‘ए’ विजयी

गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर कप सेभेन ए साइड फुटबल प्रतियोगीतामा गोकर्ण फुटबल ग्रुप ‘ए’ विजयी

कपन अनलाइन

काठमाडौँ,माघ १९। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित  प्रथम उप मेयरकप सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिनको खेल सम्पन्न भएको छ  । युवालाई दुर्व्यसन तर्फ लाग्न नदिई खेलकुद तर्फ आकर्षित गर्ने  र नगर भित्र रेहेका फुटबल खेलाडिहरुको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल  खेलाडी उत्पादन गर्न सहयोग पुगोस भन्ने  उद्देश्यका साथ आयोजना गरिएको सो प्रतियोगिता गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनि नजिक रहेको च्यासीडोल खेल मैदान मा जारी रहेको छ।

 

दोस्रो दिनकोपहिलो खेल जोरपाटी स्पोर्ट्स वडा नं ५ र नयापाटी ए  बीच हुने भनिएतापनि निर्धारित समय सम्म पनि  जोरपाटी स्पोर्ट्स वडा नं ५ को टिम मैदानमा नआउदा बाई पाउदै  नयाँपाटी ए  स्वत बिजयी भएको हो। त्यसै गरि आजको दोस्रो खेल गोकर्ण फुटबल  ग्रुप ए र इस्टर्न  फुटबल क्लब बीच भएको थियो निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा गोकर्ण फुटबल ग्रुप ए ले ट्राइबेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। खेल  निर्धारित  समय सम्म २-२गोलको बराबरीमा सकिए पश्चात रेफ्री प्रदिप लामा र कुमार खडकाले खेलको निर्णय ट्राइबेकर बाट लिएका थिए  ।

खेलको सुरुवाती ५ मिनेटमा नै  इस्टर्न फुटबल क्लबका रमेश श्रेष्ठले आकर्षक गोल गर्दै १ गोलको अग्रता लिए पनि १६ मिनेटमा गोकर्ण फुटबल ग्रुप ए का जर्सी नं ९ का प्रवेश श्रेष्ठले गोल गर्दै १-१को बराबरी बनाए। पुन: खेलको २६ मिनेटमा इस्टर्न फुटबल क्लबका  नगेश राउतले गोल गर्दै खेललाइ २-१को अग्रता दिलाए तर खेलमा इस्टर्न फुटबल क्लबका खेलाडीहरु सम्हालिन नसक्दा  अन्तिम समयमा गोकर्ण फुटबल ग्रुपका  जर्सी नं५ का बिक्रम ओलीले गोल गर्दै खेललाइ २-२गोलको  बराबरी बनाए पश्चात खेल ट्राइबेकरमा गएको थियो।

 ट्राइबेकरमा इस्टर्न फुटबल क्लबका बुधनले प्रहार गरेको बललाइ गोकर्ण फुटबल ग्रुप ए का गोल रक्षकले रोकेपछि गोकर्ण फुटबल ग्रुप बिजयी हुदै अर्को चरणमा प्रवेश गरेको छ। कुल ८ वटा टिमले सहभागिता जनाएको सो प्रतियोगिता माघ २५ गते सम्म चल्नेछ ।प्रतियोगितामा प्रथम र दितीय हुने टिमले क्रमश नगद पुरस्कार रु ४० हजार र २० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।