चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एक लाख घुससहित पक्राउ

कपन अनलाइन

काठमाडौं, माघ २०  ।  चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियारका प्रवक्ता प्रदिप कोइरालाका अनुसार आइतबार दिउँसो सेवाग्राहीको गुनासोपछि पुगेको अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो। सेवाग्राहीको गुनासोपछि अख्तियारको टोलीले उनलाई एक लाख रुपैयाँसहित पक्राउ गरेको कोइरालाले बताए। पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ।

यसअघि २ वैशाख २०७६ मा त्यही नगरपालिकाका अर्का अधिकृत पनि पक्राउ परेका थिए। चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई सेवाग्राहीसँग घूस लिएको आरोपमा पक्राउ परेका थिए। सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लेखा अधिकृत भट्टराईलाई पक्राउ गरेको थियो।

तपाइँको प्रतिक्रिया ।