तोयाकान नेपाल वादो-रियो कराते डो संघ द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता आज बाट शुरु

तोयाकान नेपाल वादो-रियो कराते डो संघ द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता आज बाट शुरु

कपन अनलाइन

काठमाडौं माघ १८। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ तोयाकान नेपाल वादो – रियो कराते डो संघ  तथा नेपाल बादो महासंघ को आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता  आज बाट शुरु भएको छ ।आज बाट माघ २० गते सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ नया बस्ति स्थित चार्ल्स डार्बिन एकेडमी कलेजमा संचालन भएको सो प्रतियोगिता उद्घाटन सत्रका का प्रमुख अतिथि बरिष्ठ समाजसेवी तथा उद्योगपति रिन्जेन साङयो लामा रहेका थिए ।

त्यसै गरि बिशेष अतिथिको रुपमा अष्ट्रेलियाबाट आएका  तोयाकन अन्तर्राष्ट्रिय कराते संघका महागुरु शिहान पौल बटरफिल्ड President and General Secretary of Pupils Olympic Association India का  महम्मद रफी शेख,एसियन वादोरियोका प्रेसिडेन्ट अजय आर शाह, तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्की ,बरिष्ठ उपाध्यक्ष प्रेम कुमार श्रेष्ठ , कोषाध्यक्ष पेम्बा शेर्पा,  तोयाकान नेपाल बादो-रियो कराते डो संघका उपाध्यक्ष एबम लिबेर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकाल, चार्ल्स डार्बिन एकेडमी कलेजका प्रिन्सिपल युवराज काफ्ले लगायत तोयाकान नेपाल बादो-रियो कराते डो संघका पदाधिकारीहरु खेलाडी रेफ्री र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता तोयाकान नेपाल वादो – रियो कराते डो संघका अध्यक्ष संजय लामाले गतियोगिता सफलता पुर्वक समपन्न गर्नको लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए । गोकर्णेश्वर अन्तराष्ट्रिय स्तरमा चिनाउँन प्रतियोगीताले महत्वपुर्ण योगदान पुर्याउने उनले विश्वास ब्यक्तरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि लगायत  बिशेष अतिथिले बेलन उडाएर प्रतियोगिताको उद्घाटन गरेका थिए भने चार्ल्स डार्बिन मा अध्ययनरत बिद्यार्थीहरुले मार्च पास तथा योगा प्रदर्शन  समेत गरेका थिए ।कार्यक्रममा तोयाकान नेपाल बादो-रियो कराते डो संघका उपाध्यक्ष एबम लिबेर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकाल ले स्वागत मन्तब्य राखेका थिए।उनले प्रतियोगिताको उदेश्यको बारेमा जानकारी समेत गराउदै  प्रतियोगिता सफलता पुर्वक समपन्न गर्नको लागि सबैको सहयोग आवश्यक रहेको बताएका थिए । उनले  गोकर्णेश्वर नगरपालिका र सिंगो देशलाई  अन्तराष्ट्रिय स्तरमा चिनाउँन प्रतियोगीताले महत्वपुर्ण योगदान पुर्याउने विश्वास  समेत ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए  कार्यक्रममा बोल्दै  तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले खेल संस्कृतिको विकास गर्दै खेलकुदको माध्यमबाट नेपाललाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउनुको साथै प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुगोस भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको बताए।

आजनै  सांस्कृतिक आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।जसमा नेपालका २० जना र मित्र राष्ट्र भारतबाट ९ जनाले बिभिन्न  सांस्कृतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।  सांस्कृतिक आदानप्रदान कार्यक्रमले  देशको बिभिन्न संस्कृतिको पहिचान दिनुको साथै राष्ट्रिय एकता तथा भाइचाराको सम्बन्ध मजबुद बनाउने हुदा सो कार्यक्रम पनि समाबेश गरिएको  तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्कील बताए ।

दुइ दिन सम्म चल्ने  उक्त प्रतियोगीतामा नेपाल भारत, अष्ट्रेलिया र  पाकिस्तान गरि ४ वटा रास्ट्रहरुबाट ४० जना अफिसियल सदस्यहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ३५०जना  खेलाडीहरुको सहभागिता रहेको छ। उनीहरुले   काता र कुमिते गरि ३० विधामा ३० स्वर्ण, ३० रजत र ६० कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन।खुल्ला कराते प्रतियोगिता २०७६ साल माघ १८ र १९ गते हुनेछ भने माघ २० गते कराते गोष्ठी समेत हुने भएको छ ।कराते गोष्ठीमा अष्ट्रेलियाबाट तोयाकन अन्तर्राष्ट्रिय कराते संघमा महागुरु शिहान पौल बटरफिल्ड द्वारा खेलाडीहरुलाई प्रशिक्षण समेत दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ  । यसअघि २०७६ साल  जेठ १० र ११ गते नेपालको गोकर्णेश्वर नगरपालिकामा दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सम्पन्न भैसकेको छ ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।