गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित प्रथम उप मेयर सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौँ,माघ १८। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा जागरण क्लब द्वारा आयोजित  प्रथम उप मेयरकप सेभेन ए साइड फुटबल प्रतियोगिता आज बाट शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबाहिनि नजिक रहेको च्यासी खेल मैदान मा आज बाट शुरु भएको  हो।

युवालाई दुर्व्यसन तर्फ लाग्न नदिई खेलकुद तर्फ आकर्षित गर्ने  र नगर भित्र रेहेका फुटबल खेलाडिहरुको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल  खेलाडी उत्पादन गर्न सहयोग पुगोस भन्ने  उद्देश्यका साथ आयोजना गरिएको  सो प्रतियोगिता उद्घाटन सत्रका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत,समाजसेवी लाक्स श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, गोकर्णेश्वर युवा जागरण क्लबका पदाधिकारीहरु,रेफ्री प्रदिप,लामा कुमार खड्का,  सहित खेलप्रेमी दर्शक र खेलाडीहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा जागरण क्लबका अध्यक्ष विकेश श्रेष्ठले गरेका थिएकार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले रेफ्रीलाइ बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ समृद्दीको लागि पर्यटनपछि खेलकुद महत्वपूर्ण हुने उल्लेख गर्दै  नगर तथा वडाले खेलकुदलाइ उच्च महत्वमा राखिएको जानकारी गराए।

 स्वास्थ जीवनयापनको लागि र राष्ट्र को लागी खेलकुद अपरिहार्य रहेको  समेत बताए।  उनले पछिल्लो समय खेलकुदमै लागेर पनि खेलाडीको भविश्य बन्छ भनेर विश्वास गर्न सकिने स्थिति सिर्जना हुदै गएको बताए । उनले  सबै खेलाडीलाई एकाग्र भई अनुशासित भएर  खेलमा लाग्नु पर्ने बताएका थिए । उनले केहि समय पछि नगरपालिकाले आयोजना गर्ने  खेलकुदमा पनि राम्रो खेलाडी उत्पादन गर्नको लागि सो प्रतियोगिताले सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।

आज भएको पहिलो उद्घाटन खेल नयाँपाटी फुटबल क्लब ‘बि’ र गोकर्ण फुटबल ग्रुप‘बि’ बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा  नयांपाटी फुटबल क्लब ‘बि’ले गोकर्ण फुटबल ग्रुप ‘बि’लाइ २-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

सो खेलमा नयाँपाटी फुटबल क्लब ‘बि’ का समिर थिङले खेलको १५ मिनेटमा  पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ४९ औं मिनेटमा पुन नयाँपाटी फुटबल क्लबका बिक्रम तामाङले थप १ गोल गर्दै टिमलाइ बिजयी बनाए ।सो खेलमा गोकर्ण फुटबल ग्रुप ‘बि’ का खेलाडीले गोल गर्ने धेरै प्रयास गरे पनि उक्त प्रयास गोलमा परिणत हुन सकेन । अन्तत गोकर्ण फुटबल ग्रुप ‘बि’ नयाँपाटी फुटबल क्लब संग २-० गोल अन्तरले पराजित भएको छ ।

कुल ८ वटा टिमले सहभागिता जनाएको सो प्रतियोगिता माघ २५ गते सम्म चल्नेछ ।प्रतियोगितामा प्रथम र दितीय हुने टिमले क्रमश नगद पुरस्कार रु ४० हजार र २० हजार सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। भोलीको खेल जोरपाटी स्पोर्ट्स वडा नं ५ र नयापाटी बि बीच हुनेछ भने भोलिनै आयोजक  गोकर्ण फुटबल ग्रुप र  इस्टर्न फुटबल क्लब बीच हुनेछ ।

तपाइँको प्रतिक्रिया ।