बैकल्पिक पर्यटन

बैकल्पिक पर्यटन

कपन अनलाइन

काठमाडौं, माघ १९  ।अर्जुन पाण्डे

नेपालमा पर्यटन बर्ष मनाइरहँदा छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल घुम्न आउने ठूलो संख्यामा चीनीयाँ पर्यटकको कटौती हुने प्रष्ट छ । हाल चीन नेपालको प्रत्यक्ष पर्यटन बजार हो । नेपाल भ्रमण बर्षमा देशमा बीस लाख पर्यटक भित्राउने लक्ष लिएकोमा चीनबाट मात्र पाँच लाख पर्यटक भित्राउने लक्ष लिएको थियो । तर हाल भाइरस संक्रमणको अवस्था हेर्दा यो लक्ष पूरा हुन मुस्किल हुने देखिएको छ ।
पर्यटन बर्षलाइ मध्यनजर गरि देशमा गत बर्ष देखि नै सरकारी र नीजी क्षेत्रबाट ठूलो धनराशीको लगानी भैरहेको छ । यो राष्टिय लगानी हो र यो जोखिम उन्मुख देखिएको छ । देशका एयरलाइन्स, होटल रिसोर्ट, टाभल टेकिंग एजेन्सी, यातायात क्षेत्र तथा तमाम पर्यटन संबद्ध पक्षहरु यसको प्रत्यक्ष मारमा पर्नेछन् । तसर्थ यो घाटा पूर्ति गर्न समयमै बैकल्पिक उपायको खोजी गर्नुपर्दछ । यस्तो बैकल्पिक उपाय के हुन सक्छ ? यस बारे संबद्ध पक्षहरुले चिन्तन, छलफल, अन्तरकृयाहरु हुनु जरुरी भैसकेको छ । के हुन सक्छ त बैकल्पिक उपायहरु ?
आन्तरिक पर्यटनमा जोडः
हाल देशमा आफ्नै देश घुम्ने आन्तरिक पर्यटकको संख्या बर्षेनी बढेको देखिएको छ । यो संख्या अझ बढाउन सकिन्छ । यसको निम्ति सरकारी र नीजि क्षेत्रर एकै ठाउँमा आइ संयुक्त प्रयास थाल्नु पर्दछ । समस्त निजी क्षेत्रले आफ्नो सेवाको गुणस्तरमा बढोत्तरी गर्दै भ्रमण बर्षमा नेपाली पर्यटक लक्षित भ्रमण प्याकेज, नेपाली मौलिक खानाको प्रचार र साविक मूल्यमा विशेष छुटको व्यवस्था आदि आकर्षण थप्नु पर्दछ ।
पर्यटन बर्षको शुरुआत सरकारले जुन सकृयताका साथ गरेको थियो त्यो अहिले केहि मथ्थर देखिएको छ । सरकारी सकृयताको खाँचो अहिले झन महसुस भएको छ । सरकारले भ्रमण विदाको कुरा गरेको धेरै समय भएको छ तर यो कार्यान्वयनमा आउन सकेको छैन । सरकारको संपूर्ण निकायका कर्मचारी, शिक्षक, शेना, प्रहरी सबैलाइ कम्तिमा एक हप्ताको विदा र अनिवार्य भ्रमणको कार्यक्रम ल्याउनु पर्दछ । निजी संघ संस्थारुले पनि यो अभियानमा एक्यबद्धता जनाएर आफ्ना कर्मचारीहरुलाइ खर्च सहितको अनिवार्य भ्रमण विदाको व्यवस्था गर्नु पर्दछ ।
बाह्य पर्यटकका निम्ति चीन बाहेकका देशहरु
चीनमा फैलिएको भाइरसले अन्य देशमा पनि सन्त्रास फैलिएको छ । यसले अन्य देशबाट पनि नेपाल आउने पर्यटकको संख्या कमी हुन सक्तछ । यस तथ्यालाइ ख्याल गरि युरोप र खाडीका देशहरु जहाँ रोजगारीको निम्ति नेपालीहरुको संख्या अत्यधिक छन् ति देशहरुमा कुटनितिक प्रयास गरि नेपालीहरुलाइ भ्रमण बर्षको विदा दिन अनुरोध गर्न सकिन्छ । खाडीमा मात्र पनि लाखौं नेपाली छन्, ति स्वदेश फर्कने कुराले खुसी हुन सक्छन् । यदि यसो गर्न सकियो भने हामीलाइ दुइवटा फाइदा हुन्छ । एउटा त आफ्ना दाजुभाइहरु घर फर्कने अवसर पाउनेछन्, उनिहरुले परिवारसंग बिदा मनाउनेछन् । अर्को केही मात्रामा भएपनि देशका भ्रमणको माहौल बढ्दछ ।
त्यस्तै हालको भाइरस संक्रमणको त्रास घटाउने विविध उपायहरु अपनाउनु पर्ने देखिन्छ । नेपाल भाइरस मुक्त छ भनि प्रचार गरिनु पर्दछ । साथै कहिँ कतै भाइरसको संक्रमण देखियो भने त्यसको उचित उपचार गर्न हामी सक्षम छौं भनी ढाडस दिनु पर्दछ किनकी यो निको नहुने भाइरस होइन रहेछ । चीनमै भाइरसको संक्रमण उपचार भै डिस्चार्ज हुनेहरु प्रसस्तै देखिएका खबरहरु आइरहेका छन् । यो छोटो समयको संक्रमण हो भनि आस्वस्त पार्नु पर्दछ । यदि यस्तो गर्न सकियो भने हाम्रो पर्यटन व्यावसाय हालको संकटबाट जोगीनेछ र साथै भविष्यमा यसको बढोत्तरी निश्चित छ ।

तपाइँको प्रतिक्रिया ।