त्रि ज्योति मावी ,बुढानिलकण्ठ १२ को सरस्वती पुजा विशेष कार्यक्रम सम्पन्न

त्रि ज्योति मावी ,बुढानिलकण्ठ १२ को सरस्वती पुजा विशेष कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ १७।

त्रि ज्योति मावी ,बुढानिलकण्ठ १२ को सरस्वती पुजा विशेष कार्यक्रम सम्पन्न भएको छ

२५ औ जन्म जयन्ती,शहिद दिवस तथा सरस्वती पुजाको अबसरमा बिधालय विव्यास अध्यक्ष तथा गायिका ज्ञानु राणाको अध्यक्षता र माननीय शहरि बिकास तथा राज्यमन्त्री रामबिर मानन्धरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कपन प्रहरी वृतिका इन्सपेक्टर सुरक्षा के. सी, बुनपा १२ का सदस्य पुरुषोत्तम नेपाल , स्थानीय समाजसेवी, बुद्धिजीवीको रहेको थियो ।

उक्त कार्यक्रममा त्रि ज्योतिका प्राचार्य गणेश मिश्रले अतिथि, अभिभाबकलाई स्वागतका साथै बिधालयको सामाजिक आथिक शैक्षिक बिषयको बारेमा अभिभाबकलाई स्पष्ट पारेका थिए।

उनले  अब आउदै गरेको २०७७ को वैशाख बाट अझ बडि बिधार्थी आफ्नो बिधालयमा थपिने कुरामा आशाबादि रहेको भन्दै त्रि ज्योतिमा अध्ययन गर्ने बिधार्थीलाई मन्त्री मानन्धर र गायिका राणा बनाउन आफु निरन्तर अगाडि बढ्ने बताएका थिए।

सो कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले बिधार्थी अहिलेका साझेदार र भबिष्यका कर्णधार हुन भन्दै बिधार्थीको हक हित र गुणस्तरीय शिक्षा प्रदान गर्न आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने धारणा राखेका थिए।

मन्त्री मानन्धरले देशको अस्तित्व बचाउने क्रममा आफ्नो ज्यान गुमाएका वीर शहिद प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै उनिहरुको कर्म र सङ्घर्ष प्रति सम्मान व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा बिधालयले आयोजना गरेका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा बिधार्थीले हासिल गरेका पुरस्कार मन्त्री मानन्धरको हात बाट बितरण गरिएको थियो ।

उक्त कार्यक्रमका अध्यक्ष ज्ञानु राणाले आफु बिधालय व्यवस्थापन समितिको अध्यक्ष भएको हैसियतले बिधालयमा क्षमतावान बिधार्थी उत्पादनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै उक्त कार्यक्रम समापन गरेकी थिइन ।

तपाइँको प्रतिक्रिया ।