लिबर्टी एकेडेमी गोकर्णेश्वर -८ ले अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र-छात्रा फुटबल प्रतियोगिता गर्ने

लिबर्टी एकेडेमी  गोकर्णेश्वर -८ ले अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र-छात्रा फुटबल प्रतियोगिता गर्ने

कपन अनलाइन

काठमाडौं माघ १६ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित लिबर्टी एकेडेमीले अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।माघ २४ गते बाट सो प्रतियोगिता आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा लिबर्टी एकेडमीका प्रिन्सिपल ओम प्रसाद ढकालले जानकारी गराए।उनले  खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिएको जानकारी गराएका हुन  ।

उनले लिबर्टी एकेडेमीले बिद्यार्थीहरुको पठन पाठनको अलवा साहित्य कला ब्यबहारिक शिक्षा तथा खेलकुदमा बिशेष ध्यान दिई उनीहरुको सर्वाङगीण बिकासमा अग्रसार हुदै आएकोपनि  बताए । उनले फुटबलमा छात्राहरुको रुची भए पनि अवसर नपाउदा आफु भित्र रहेको प्रतिभा प्रष्फुटन गर्न नपाएको अवस्थालाई मध्यनजर गर्दै छात्राहरुको पनि फुटबल प्रतियोगितालाइ समाबेश गरिएको बताए। छात्र तर्फ ३२ र छात्रा तर्फ १६ बिध्यालयका कक्षा १० सम्मका खेलाडीहरुले उपाधीको लागि प्रतिस्पर्धा गराइने सो प्रतियोगिताको खेलहरु अत्तरखेल शिवपुरीचोक स्थित खेलमैदानमा हुने पनि जानकारी गराए ।

 लिबर्टी एकेडेमी प्लस टु मुख्य  प्रायोजक रहेको सो प्रतियोगितामा छात्र र छात्रा तर्फका दुवै टिमका  प्रथम स्थान हैसिल गर्नेले नगद पुरस्कार रु २० हजार सहित आकर्षक  ट्रफी मेडल त प्रमाण पत्र प्राप्त गर्नेछ भने दितिय हुने टिमले नगद रु १० हजार सहित  आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिमले नगद पुरस्कार रु ५ हजार सहित  आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने र  उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था  गरेको पनि जानकारी गराए ।प्रतियोगिता संचालन गर्नको लागि करिब ४ लाख रुपैया खर्च हुने अनुमान गरेको पनि उनको भनाइ रहेको थियो ।सो प्रतियोगितालाइ अत्तरखेल युवा समाजले संयोजन गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले अत्तरखेल युवा समाजले बिगतमा जस्तै एस पटक पनि सो प्रतियोगितालाइ सहयोग गर्ने बताए। उनले स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम  समेत भएको बताए ।  उनले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन मात्र  नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्‍याउनु बताए। उनले सो प्रतियोगिता सफलता पुर्वक सम्पन्न गर्नको लागि सबैको साथ र सहयोग प्राप्त हुने बिश्वास ब्यक्त गरेका थिए।

त्यसै गरि पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक एबम  अत्तरखेल युवा समाजका सचिब दिनेश राइले खेल अवधीभर अनुशासित र मर्यादित खेल बनाउनको लागि  कुनै कसर बाँकी नराख्ने बताए।  उनले प्रतियोगिताको लागि फारम र आवश्यक कागजात सहित टिम दर्ता गर्न अनुरोध गर्दै माघ २२ गते सम्म टिम दर्ता गरि सक्न अनुरोध गरेका थिए।  माघ २२ गते अपरान्ह ४ बजे लिबर्टी एकेडमीमा खेल तालिका सार्वजनिक गरिने पनि बताए ।

तपाइँको प्रतिक्रिया ।