बौद्ध प्रहरीले नेपालमै पहिलोपटक क्राइसिस कल शुरु गर्यो

कपन अनलाइन१७ मंसिर
नेपाल प्रहरीले नेपालमा पहिलो पटक प्रहरी रेस्पोन्सलाई सुदृढ गर्ने यन्त्र crisis call c2 शुरु गरेको छ । बौद्ध प्रहरी वृृतका उपरिक्षक मनोजकुमार केसीको विशेष सकृयतामा नेपालमै पहिलोपटक यस्तोखाले संयन्त्रको जडान गरिएको हो । उपरिक्षक केसी कै सकृयतामा नेपालमै पहिलोपटक बौद्ध क्षेत्रमा विशेष प्रविधिको सिसिटिभि जडान गरिएको केही समयमै यो प्रविधि जडान गरिएको हो । यो प्रविधि स्मार्ट फोनमा एन्ड्रोयड भर्सन अन्तर्गत चल्ने एप्लिकेसनमा आधारित भएर चल्ने गर्दछ । एकपटक डाउनलोड गरेपछि यो प्रविधि अफलाइन चालाउन सकिनेछ । जुनसुकै ठाउँमा समस्या देखिए सर्वसाधारणले यो प्रबिधिले यसएमयस पठाएर प्रहरीलाई जानकारी दिन सक्नेछन् ।

bau

bau

तपाइँको प्रतिक्रिया ।
Close