टेको !

टेको !

कपन अनलाइन

काठमाडौं, माघ १०/रामकुमार पण्डित क्षत्री/ लघुकथा

सविता भाउजूले चार वटा बाँसको टेको ठड्याइन् । त्यो टेकोमाथि बाँसकै दलिन राखेर बस्नसुत्न मिल्ने बालकुनी बनाइन् । खानासाना खाएपछि मध्याह्नमा बाँसकै टेकोमा टेकेर बालकुनी चढिन् । त्यहाँबाट सुन्दर दृश्य देखेर संसारलाई फुर्ती लगाइन् –हेर तिमेरूभन्दा म धेरै माथि छु ।” यो क्रम सधैँ हुन थाल्यो । घामपानी, वर्षा, हिउँद, झरी, बादललाई छमछम नाचेर देखाउन थालिन् । आत्मरतिमा रमाउँदै आफूले आफैँलाई महान ठानिन् ।

घामपानीले खाएर टेको मक्किदै गएकोप्रति भाउजूले ध्यान दिइनन् । एक दिन सुनको पाउजू लगाएर नाच्दानाच्दै एउटा टेकोले ठाउँ छोड्यो । एउटै टेकोले ठाउँ छोड्नासाथ अरू टेकोले भर दिएनन् । बालकुनीले घ¥याक्कै भुइँ भेट्यो । सविता भाउजूले एकै झट्कामा उछिट्टिएर भुइँको माटोमा नाक रगट्न पुगेको पत्तै पाइनन् ।

तपाइँको प्रतिक्रिया ।