गजल !
कपन अनलाइन
काठमाडौं, माघ १०/ योगेश नेपाल
बेलैमा ख्याल गरुम फेरि सखाप हुन सक्छ ।
बुद्धि विवेक नपुगे पछि प्रश्चात्ताप हुन सक्छ ।
राजनीतिको नशा पिएर बेहोसी छन् जनता,
होस खुलेको दिन नेतालाई धराप हुन सक्छ ।
लडाइँ, झगडा शान्तिको मार्ग हैन बुझ साथी,
शत्रुसङ्ग बार्तालाप गरे मेलमिलाप हुन सक्छ ।
विकराल परिस्थितिको गर्न बाँकी छ सामाना,
हौसला बचाउ समस्याको हानथाप हुन सक्छ ।
परिवर्तन खोज्दै शिक्षकले नै बिद्यालय जलाए,
सोच्नुहोस् पछी सन्तान औँठाछाप हुन सक्छ ।
तपाइँको प्रतिक्रिया ।