टोकियो ओलम्पिक २०२० का लागि पुर्व अभ्यास क्याम्प राख्न नेपाल र जापान विच सम्झौता

टोकियो ओलम्पिक २०२० का लागि पुर्व अभ्यास क्याम्प राख्न नेपाल र जापान विच सम्झौता

कपन अनलाइन

काठमाडौं ,माघ ६।

टोकियो ओलम्पिक २०२० मा नेपाली टिमको  Tokushima Prefecture मा पुर्व अभ्यास क्याम्प (pre-training camp ) राख्ने सम्बन्धमा नेपाल र जापान  विच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय श्री जीवन राम श्रेष्ठ र तोकोशिमाको तर्फबाट Governor of Tokushima Mr. Kamon Izumi ले एक भब्य समारोह विच हस्ताक्षर गरेका छन ।

सोही अवसरमा पौडी तर्फबाट अध्यक्षद्धय अशोक रत्न बज्रचार्य र आर्चरीको तर्फबाट दिपक राज गुरुङ्गले हस्ताक्षर पनि हस्ताक्षर गरेका थिए।

उक्त महत्वपुर्ण कार्यक्रममा जापानको लागि नेपाली राजदूत महामहिम प्रतिभा राणा र Chairman of Tokushima Prefecture Parliament Mr. Hiroshi Kita and President of Tokushima Nepal Friendship Association Mr. Yasutaka Taniguchi को पनि उपस्थिती रहेको थियो ।

उक्त अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठज्युले नेपाल र जापानको कुटनैतिक सम्बन्ध र नेपालको खेलकुद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको जानकारी गराएका थिए।

साथै श्रेष्ठले दुई देशको विचमा सरकारी स्तरमा मात्र सम्बन्ध न भै नागरिक स्तरमा पनि अत्यन्तै सुमधुर सम्बन्ध रहेकोमा खुसि व्यक्त गरेका थिए।

श्रेष्ठले वर्तमान नेपाल सरकारले राष्ट्रको संस्कृतिको लागि पर्यटन उद्योग विकाश गर्ने लक्ष्य लिएर नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ गरेको जानकारी गराउदै उक्त कार्यक्रममा उपस्थित सम्पूर्र्ण महानुभावहरु मार्फत समस्त जापानी नागरिकहरुलाई नेपाल भ्रमण गर्न आव्हान गरेका थिए।

साथै उन्ल तोकोशिमा जापानका गभर्नरलाई यो अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिदै आगामी २०२० ओलम्पिक खेलकूदको भव्य सफलताको लागि अग्रिम शुभकामना दिएका थिए।

तपाइँको प्रतिक्रिया ।