कम्युनिटी केयर नेपालले बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने

कम्युनिटी केयर नेपालले बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने

कपन अनलाइन

काठमाडौँ, माघ ६ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ८ महांकालमा रहेको कम्युनिटी केयर नेपालले बुढानिलकण्ठ नगरपालिका अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता गर्ने भएको छ ।शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गरि अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउदै बिद्यार्थीहरुमा रहेको फुटबल प्रतिको अभिरुचीलाइ मध्यनजर गर्दै प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको कम्युनिटी केयर नेपालका अध्यक्ष बिजेन्द्र श्रेष्ठले कपन अनलाइन लाइ बताए ।

उनले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन मात्र नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्‍याउने पनि बताए। उनले  फुटबल खेलमा सम्भावना बोकेका प्रतिभाहरुको पहिचान गर्न पनि यस्ता प्रतियोगीताले सहयोग पुर्याउने हुँदा प्रतियोगिताको आयोजना गर्न लागेको पनि बताए  ।यहि माघ १४ गते देखि १८ गते सम्म बुढानिलकण्ठ नगरपालिका वडा नं१० स्थित ह्यान्ड बल खेल मैदानमा आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुनको लागि माघ १० गते सम्म टिम दर्ता गर्न पनि उनले अनुरोध गर्दै  टिम दर्ता शुल्क रु २५ सय कायम गरिएको पनि बताए ।  थप जानकारी को लागि ९८४९१८८३२१, ९८४१७४३७७८ मा सम्पर्क गर्न सकिने छ ।

तपाइँको प्रतिक्रिया ।