एक लाख पुरस्कार राशिको दोश्रो बुढानिलकण्ठ महिला फुटवल प्रतियोगिता हुने

एक लाख पुरस्कार राशिको दोश्रो बुढानिलकण्ठ महिला फुटवल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं ,माघ ६।

सिद्देश्वर  बुढानिलकण्ठसरोकार समाज ,बुढानिलकण्ठले यहि फागुन ७ गते देखि एक लाख पुरस्कार राशिको दोश्रो बुढानिलकण्ठ महिला फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० को ह्यान्डबल खेल मैदानमा हुने उक्त प्रतियोगिताको बिजेता टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उप बिजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

नेपाल भरिका महिला फुटवल टिमले भाग लिन सक्ने प्रतियोगितामा रास्ट्रिय खेलाडीलाई भने समावेस नगरिने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।

त्यस्तै उपत्यका बाहिरका टिमले सहभागिता जनाएको खण्डमा ति टिमको खाने बस्ने सम्पूर्ण व्यवस्थापन आयोजकले गर्ने समाजका अध्यक्ष प्रकाश गुरुङ्गले बताए । २०७३ शालमा स्थापना भएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको समाजले विगतका वर्षमा झैँ यस पटक पनि महिला फुटवल प्रतियोगिता आयोजना गरेको बताउदै अध्यक्ष गुरुङले सहभागिताका लागि सबैमा अनुरोध गरेका छन ।

सो प्रतियोगितामा सहभागिताका लागि प्रवेस शुल्क ५ हजार कायम गरिएको छ भने फागुन ३ गते सम्म टिम दर्ता गरिसक्नु पर्नेछ। दोश्रो बुढानिलकण्ठ महिला  ७ ए साइड फुटवल प्रतियोगितामा सामेल हुने टिमले आज माघ ६ गते देखिनै आफ्नो टिम दर्ता गर्न सक्ने आयोजकले जानकारी दिएको छ।

टिम दर्ताका लागि ९८६१८२९३१० वा ९८१०१००७५० मा सम्पर्क गर्न सकिनेछ ।

 

तपाइँको प्रतिक्रिया ।