सडक ढाकेर पार्किङ गरेकाे प्रहरीकै गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’

सडक ढाकेर पार्किङ गरेकाे प्रहरीकै गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’

कपन अनलाइन

काठमाडौं, माघ ६ । सडक ढाकेर पार्किङ गरिरहेकाे अवस्थामा प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गरेको छ।

अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा सडक ढाकेर पार्किङ गरेकाे अवस्थामा ह्विल लक’ गरेकाे हाे ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको महानगरीय ट्राफिक महाशाखा प्रमुख भिम ढकालले  बताए ।

ढकालले भने,” उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा गरेका छाै नियम अनुसार जथाभावी अवेवस्थित पार्किङ गरेकाे कसुरमा १ हजार रूपया जरिवाना गरिएकाे छ ।”

‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं,’ ढकालले भने।

समाचार सौजन्य: सि न्यूज

तपाइँको प्रतिक्रिया ।