गणेशमान सिंह राष्ट्रिय किकबक्सिङ्गको उपाधी शशस्त्रलाई

गणेशमान सिंह राष्ट्रिय किकबक्सिङ्गको उपाधी शशस्त्रलाई

कपन अनलाइन

काठमाडौँ,माघ ५। अनुशाशित टिम बुसिदो कोन्साकाइ एमएमए मुवाथाई तेस्रो गणेशमान सिंह राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ ।

ललितपुरमा सम्पन्न भएको प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडीहरुलाई नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिहले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा शसस्त्र प्रहरी बल टिम च्याम्पिन बन्न सफल भयो भने नेपाल आर्मीले दोस्रो स्थान हात पार्न सफल भएको थियो । प्रतियोगिताको अनुशाशित टिम भने बुसिदो कोन्साकाई एमएमए मुवाथाई,कोटेश्वर भाटभटेनी क्लबले हात पार्न सफल भयो ।

देशभरका करिब ५०० खेलाडी सहभागी प्रतियोगिताको संयो ललितपुर किकबक्सिङ्ग संघको आयोजनमा सञ्चालन भएको प्रतियोगिताका संयोजन राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महजर्नले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।