मुक्तक !

मुक्तक !

कपन अनलाइन

काठमाडौँ,माघ ३ /प्रकाश बस्नेत ‘गफाडी’

भिज्ने गरेर पसिना मागेको छ यो माटोले
पौरख अन्तनजाओस् चाहन्छ बाँझो पाटोले
स्वदेश मैं कर्म गरेर बनाऔं देश समृद्ध
नदुखोस्अब भन्दछ आमाको घाउको खाटोले ।

तिम्रो सामु मैं हुँभन्ने परीहरु ओझेल पर्छन
मनै लोभ्याउने रानीचारीहरु ओझेल पर्छन
एकै सम्झनाले पनिभिजाएर जान्छ मलाई
तिम्ले मायाबर्षाउँदाझरीहरु ओझेल पर्छन् ।

सतीको सराप परेको देश हो यो
भ्रष्टले शासन गरेको देश हो यो
सोझालाई शूलीबांगालाई चौतारो छ
न्यायनिसाफ नै मरेको देश हो यो ।

(आलापोट, काठमाडौँ)

तपाइँको प्रतिक्रिया ।