पाँचमुक्तकहरू !
कपन अनलाइन
काठमाडौँ,माघ ३/राजन पराजुली
जबपिज्जा र बर्गरमा रमाउँदातामाबिर्सियो
कठै गाउघर, दिदी, बहिनिअनिमामाबिर्सीयो
छोरो परदेशमाकुईरीनीसँगखुब मस्किन्छ
विमारी बुढा भाकागाउँमाबाआमाबिर्सीयो
कार्तिक सक्किएसँगै मङ्सिर आउँदा कस्तो लाग्यो
सम्झिए मेरो जीवन बेकारको मूल्यहिन सस्तो लाग्यो
जबआँफूले धेरै मन पराएको मान्छे पराईको हुदैँ गर्दा
आफ्नै अगाडि ठूलो पहाड एक्कासि खसे जस्तो लाग्यो
लगनआयो किविवाह गर भन्दै, कर कर गरिरहन्छन्
अबकसैको तँपनिबन वर भन्दै, कर कर गरिरहन्छन्
रूघा लाउँदा साईनेक्स कसरी किनौँ हुन्छ आँफुलाई
कहिले हो त भोजखाने सर भन्दै, कर कर गरिरहन्छन्
जीवनचलाउन चाहिन्छ आधार तिमीबुझि राख
सम्पत्तिले पनिकिनि दिन्छ प्यार तिमीबुझि राख
जमाना छ आजकल त सुन, चाँदि, हिरा, मोतीको
प्रेमले पक्कै दिदैँन घाटिमा हार तिमीबुझि राख
छोरो जन्मिए पछि आमाबालाई एउटा आधार बन्छ
हुर्काउदै आमाले सोच्छिन बुढेसकालको यो सार बन्छ
बिहे अगाडि छोरालाईआफ्नाआमाबा ठूलो लागे पनि
बिहे पछी श्रीमती र छोराछोरी मात्रउसको परिवार बन्छ
(चितवन)