निर्वाचनका लागि बुथ निर्माण प्रकृया पूरा

कपन अनलाइन २०७० मंसिर  ३ गते
भोलि हुने संबिधानसभाको निर्वाचन प्रकृयाका लागि सम्बन्धित मतदान केन्द्रमाहरुमा बुथहरुको निर्माण प्रकृया पूरा भएको छ । देशकै सबैभन्दा धेरै बुथ भएको कपनस्थित बालउद्धार उच्च माविको मतदान केन्द्रमा ८ वटा वुथहरु निर्माण भएका छन् । ८ वटा बुथहरुमा १६ वटा लाइन बनाइएको यस बुथबाट करिब ७००० मतदाताले मतदान गर्नेछन् । त्यसै कपन १ स्थित उसु हल मतदान केन्द्रको ५ वटा बुथहरु पनि निर्माण पूरा भएको छ । कपनकै ग्रामशिक्षा उमावि र यज्ञमती माविको ३ ३ वटा बुथ भएको मतदान केन्द्रको निर्माण प्रकृया पनि पूरा भएको छ । बिहान सातबजेबाट शुरु हुने मतदान प्रकृयाका लागि आवश्यक सबै प्रकृया पूरा भएको मतदान केन्द्रका कर्मचारी विश्वराज पोखरेलले कपन अनलाइनलाई बताए ।
बुथ निर्माण, सुरक्षा व्यवस्था तथा अन्य अवस्थाको अध्ययन गर्न विभिन्न निकायका उच्च व्यक्तिहले पनि कपनमा भ्रमण गरेका छन् । नेपाली सेनाका कर्णेलले सुरक्षाको अवस्थाको अध्ययन गरेर फर्केका छन् भने मानवाधिकारवादी कपिल श्रेष्ठलगायतका चुनावी पर्यवेक्षकले पनि कपनका बुथहरुको अवलोकन गरेका छन् ।
काठमाडौं उपत्यकाको सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा हेरिएको दुई क्षेत्रमध्ये काठमाडौं क्षेत्र नं. ४ पनि एक रहेको हुनाले अत्यन्तै महत्वका साथ सुरक्षा अवस्था सुदृढ बनाउन खोजिएको एक सुरक्षा अधिकृतले कपन अनलाइनलाई बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।