बालउद्धार मतदान केन्द्रमा स्वयम्सेवक विषयमा विवाद

कपन अन लाईन मंसिर ३ गते
देशको सबैभन्दा ठूलो मतदान केन्द्र भनिएको क्षेत्र नं. ४ स्थित कपन गाविसको बालउद्धार उच्च माविको मतदान केन्द्रमा स्वयम्सेवक कसलाई राख्ने भन्ने विषयमा विवाद भएको छ । बालउद्धार स्कूलले यसै स्कूलका शिक्षिकाहरुलाई स्वयम्सेवकको रुपमा राख्ने निर्णय गरी पठाएपछि एमाओवादीले एकलौटी निर्णय भएको भन्दै बिरोध गरेपछि विवाद उत्पन्न भएको हो । बालउद्धार उमाविका सहायक प्राचार्य डोरप्रसाद आचार्यले शिक्षकहरुको नाम दिँदा एमाओवादी शिक्षकको नाम नपारेको भन्दै बिरोध भएको थियो । एमाओवादी क्षेत्र नं. ४ का नेता सञ्जय अर्यालले एकलौटीरुपमा कांग्रेसपक्षीय शिक्षकलाई स्वयम्सेवक बनाइएको भनेर बिरोध गरेपछि सो प्रकृयालाई कार्यान्वयन नगरी मतदान अधिकृतहरुले छानेका मानिसहरुलाई स्वयम्सेवक बनाउने निर्णय भएको छ ।
सामान्य विषयमा भएको विवादका बारेमा बालउद्धारका उप प्राचार्य डोरप्रसाद आचार्यले स्कूलका १० जना शिक्षिकाहरुको नाम दिँदा दुई जना शिक्षिकाले आफू स्वयम्सेवक बस्न अनिच्छुक रहेको बताएपछि बाँकी शिक्षकको नाम पठाइएको हो । यस विषयमा पार्टीको राजनीति गर्दै यसको उसको भन्नु बेकारको कुरा भएको बताए । यसै विषयलाई लिएर शिक्षिका चमेली अम्गाई र अर्की शिक्षिका नमुना दाहालबीच घम्साघम्सिसमेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।