नेपालय ,सांग्रिला र छहारी शिक्षा सदन प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

नेपालय ,सांग्रिला र छहारी शिक्षा सदन प्रथम इष्ट पोल अन्तर बिध्यालय छात्र-छात्रा सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौं, माघ १।गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटार जोरपाटीमा संचालित इष्ट पोल माबीले आयोजना गरेको प्रथम इष्ट पोल अन्तर बिध्यालय सेभेन ए साइड छात्र-छात्रा फुटबल प्रतियोगिताको चौथो दिन मंगलबार छात्रा र छात्र तर्फको  सेमिफाइनल खेलहरु सम्पन्न भएको छ  । इष्ट पोल मावि २५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य  राखेर प्रतियोगिता संचालन  गरिएको हो । इष्ट पोल माविको खेल मैदानमा सुरु भएको सो प्रतियोगिताको उद्घाटन शनिबार भएको हो।

मंगलबार भएको पहिलो छात्रा तर्फको  सेमिफाइनल खेल सांग्रिला पब्लिक स्कुल र नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) बीच भएको थियो। उक्त खेलमा  सांग्रिला पब्लिक स्कुलले नेपालय इंगलिस  पब्लिक स्कुल(नेप्स)लाइ २-० गोल अन्तरले पराजित गर्दै फाइनल को यात्रा तय गरेको हो। त्यसै गरि दोस्रो सेमिफाइनल खेल  छहारी शिक्षा सदन र जीवन तारा एकेडेमी बीच भएको थियो। उक्त खेलमा छहारी शिक्षा सदनले   जीवन तारा लाइ १-० गोल अन्तरले पराजित  गर्दै फाइनलको यात्रा तय गरेको हो ।

फाइनल खेल सांग्रिला पब्लिक स्कुल र   छहारी शिक्षा सदन बीच  हुनेछ । त्यसै गरि मंगलबारनै सम्पन्न छात्र तर्फको सेमिफाइनल खेल  सांग्रिला पब्लिक स्कुल र ब्राइट जोन स्कुल बीच भएको थियो। उक्त खेलमा सांग्रिला पब्लिक स्कुलले ब्राइट जोनलाइ ३-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। त्यसै गरि सोही दिन भएको दोस्रो सेमिफाइनल खेल नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स) र लर्ड्स लाइट बीच भएको थियो। उक्त खेलमा नेपालय इंगलिस पब्लिक स्कुलले लर्ड्स लाइट स्कुललाइ १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान  सुरक्षित गरेको हो । छात्रतर्फ सेमिफाइनल पुगेको त्रिकोण पब्लिक स्कुललाई प्रोटेस लागेपछि लर्ड्स लाइटले सेमिफाइनल खेल्ने मौका पाएको हो ।

त्रिकोणले प्रतियोगिताको नियम भन्दा विपरीत खेलाडी मैदान उतारेपछि प्रोटेस लागेको हो ।छात्र तर्फ उपाधिको लागि नेपालय इंगलिस पब्लिक स्कुल(नेप्स)ले सांग्रिला पब्लिक स्कुलको सामना गर्नु पर्नेछ ।प्रतियोगितामा कुल १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको छ ।

 प्रतियोगितामा म्यान अफ द म्याच घोसित हुने खेलाडीहरुलाई मेडल प्रदान  गरिएको  थियो ।माघ २ गते  फाइनलमा खेल हुनेछ । प्रतियोगीतामा प्रथम  र दितीय हुनेलाई ट्रफी मेडल र प्रमाण पत्रको साथै उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,र फेयर प्ले टिमलाइ पनि अवार्डको व्यवस्था गरिएको  कार्यक्रम संयोजक सुदर्शन घिमिरेले कपन अनलाइनलाइ बताए।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।