माघ १ गते गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक बिदा दिने

माघ १ गते गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक बिदा दिने

कपन अनलाइन

काठमाडौं,पुस २९।  गोकर्णेश्वर नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।  उक्त सूचना मार्फत नगरपालिकाले माघ १ गते सार्वजनिक बिदा दिने  जनाएको छ।

नगरपालिकाको मिति २०७६ पुस २८ गते बसेको ३० औं कार्यपालिका बैठकबाट २०७६ माघ १ गते माघी संक्रान्ति दिन धार्मिक, एतिहासिक पक्ष एबं उक्त दिन हुन् गइरहेको तारेभिर महोत्सवलाई ध्यानमा राखी उक्त दिन बिदा दिने निर्णय गरेको हो।

उक्त  एक दिन नगरपालिका अन्तर्गतका सार्वजनिक निकाय, अस्पताल, स्वास्थ्य चौकी सम्पूर्ण बिद्यालय वडा कार्यलयहरु बन्द हुने छन्।

तपाइँको प्रतिक्रिया ।