लुम्बिनी कप अन्तर कलेज फुटसल प्रतियोगिता हुने

लुम्बिनी कप अन्तर कलेज फुटसल प्रतियोगिता हुने

कपन अनलाइन

काठमाडौं, पौष २९। चाबहिल चुच्चेपाटी मा संचालित लुम्बिनी कलेजले अन्तर कलेज लुम्बिनी कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य  राखेर प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।

होली एजुकेशन फाउन्डेसन मुख्य प्रायोजक रहेको सो प्रतियोगिता माघ १० गते देखि १२ गते सम्म चल्ने आयोजकले कपन अनलाइनलाइ बताएको छ।  कुल ३२ वटा टिमले सहभागिता जनाउन लागेको सो प्रतियोगितामा प्रथम स्थान हैसिल गर्नेले नगद पुरस्कार रु ५० हजार सहित ट्रफी मेडल त प्रमाण पत्र प्राप्त गर्नेछ भने दितिय हुने टिमले नगद रु २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई आयोजक लुम्बिनी कलेज  र प्रायोजक होली एजुकेशन फाउन्डेसनको तर्फ बाट गिफ्ट ह्याम्पर को व्यवस्था गरिएको पनि आयोजकले बताएको छ।  नक आउटको आधारमा खेलाइन लागेको सो प्रतियोगिता लुम्बिनी  फुटसल चुच्चेपाटीमा हुनेछसाथै  सो प्रतियोगितामा सहभागी हुन चहाने कलेजले पौष ८ गते  सम्ममा टिम दर्ता गरि सक्नु पर्नेछ ।  प्रतियोगिताको टाईसिट र पत्रकार सम्मेलन माघ ९ गते प्रतियोगितास्थल लुम्बिनी फुटसलमा हुने  कार्यक्रम संयोजक शम्भु कार्कीले कपन अनलाइन लाइ बताए ।थप जानकारीको लागि  ९८४६६९६६४२,९८५१०६००६४,९८०८१००३६२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।