सांसद रामेश्वर फुयालको सपनाले ब्युझिएको तारेभिर

सांसद रामेश्वर फुयालको सपनाले ब्युझिएको तारेभिर

कपन अनलाइन

काठमाडौँ,पुस २९। पुन्यराज पुडासैनी

गोकर्णेश्वर नगरपालिका वडा-३ मा रहेको तारेभिर क्षेत्र केही वर्ष अगाडी सम्म काठमाडौंको कर्णालीको उपमा पाएको दुर्गम स्थान थियो।

काठमाडौंवासीको पहिचानले जल्दै निकै कस्टकर र असजिलो जिवन बिताउन बाध्य बनेका यस क्षेत्रका जनताले २०७१ सालमा तत्कालीन संविधान सभा सदस्य तथा वर्तमान प्रदेस सभा सदस्य रामेश्वर फुयालले माघ १ गते महोत्सव गर्ने र उक्त दिन त्यहा गाडी पुर्याउने भाषण गर्दा कसैले पत्याएका थिएनन । र त्यस वेला सांसदको उक्त कुरा पत्याउने आधार उनिहरुसंग थिएन किनकी त्यहाका साना साना नानी देखी सबै स्थानिय सानोतिनो आवश्यकता पुरा गर्न पनि घन्टौ पैदल हिडेर गोकर्ण वा बुढानीलकण्ठ जानू पर्ने बाध्यतामा थिए ।

वास्तवमा भन्नू पर्दा त्यसवेला त्योकेवल सपना थियो र त्यस्को सार्थकताको पहिलो झलक सोही वर्षको माघ १ गते वर्तमान प्रधानमंत्री केपी ओलिको प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न हुदा देखियो ।

सो समयमा ट्रयाकका रुपमा खनिएको बाटोबाट सवारी साधन तारेभीरको काखमा पुग्दा स्थानियको मनमा मृत प्राय रहेको सपना थोरै भए पनि बौरियेको थियो तर उनिहरुको मन भने पुर्ण रुपमा विस्वस्त थिएन । तर सांसद फुयालले आँखा खोलेर देखेको सपनामा स्थानियहरुले यती दरिलो साथ दिएकी उक्त महोत्सव अहिले छैटौ संस्करण सम्म पुगेको छ भने उक्त स्थानमा जुन सुकै मौसम जस्ता सुकै सवारी साधन निर्वाद रुपमा पुग्न सफल बनेका छन।

हिजो काठमाडौंको कर्णाली भनिएको सो स्थान अहिले आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ। एक सांसदले आओ समयमा देखेको सपनाका दरिलो सारथी बनेका छन प्रतीनिधी सभा सदस्य कृष्ण राई अनी त्यो तारेभीर समृद्दी यात्राको अथक यात्रि बनेका छन गोकर्णेश्वरका प्रमुख सन्तोष चालिसे । केही नयाँ सोच्दा उडाउने र गिज्याउने सबै तिरको गम्भिर रोग हो र कसैले त्यस्लाई गम्भिर लिएर प्रयास छोड्छन भने कोही झन दृढ बन्छन र सांसद फुयाल दोश्रो वर्गमा पर्दछन ।

उनको अविरल प्रयास र मेहेनतले अहिले तारेभिरको मुहार फेरेको छ भने स्थानियको मनोवल उठाउन पनि निकै ठुलो मदत गरेको छ र यसमा वडा अध्यक्ष राजेन्द्र भण्डारी, नेकपा गोकर्णेश्वरका अध्यक्ष ऊद्दव बिस्ट,वडा सदस्य लक्ष्मण गोले,गोकुल बिस्ट हुदै उक्त सपनाको डोर समात्न अहिके हर्क बहादुर तामाङ आइपुगेका छन। त्यती मात्र हैंन परिस्थतीको पेलानमा घर भित्रै थन्किएका तारेभीरका दिदी बहिनी हरुको सामर्थ्यले उनिहरुले लगाएको हरियो पोशाक झै कला, गला र उत्पादनका रुपमा फुल्ने मौका पाएको छ।

अहिले गोकर्णेश्वरको बालुवा र बुढानीलकण्ठको पंचकन्या बाट उक्लिदै गरेको सडक कालोपत्रे र ढलानले सांसद फुयालको सपना र तारेभिर वासिको समृद्दीको चाहनालाई काठमाडौं उपत्यकाको उत्तरी पर्वत शृखलाको समिप पुर्याई रहेको छ। शव्दका कालिगड कविहरुको कविता र फोटो पत्रकारहरुको तस्विरमा कैद हुदै गरेको तारेभिर अवको केही समयमा नै प्रतिनीधी सभा सदस्य कृष्ण राईको तामाङ संस्कृतीको अध्ययन अनुसंधान केन्द्र र नगर प्रमुख संतोष चालीसको भुई स्याऊ पकेट क्षेत्र बन्नेमा कुनै दुविधा देखिदैन । तर केवल संभावना मात्र हैन धेरै चुनौतीको चाङ पनि तारेभिर क्षेत्रमा रहेको छ। सडक संगै पर्यटक बस्ने र समय विताउन सहज होटेल र घरवास अहिले पर्याप्त छैन । त्यसमा स्थानीयहरुलाइ सकृय बनाएर सहभागी गराउनु पर्ने देखिन्छ ।

अर्को तर्फ मध्यवर्ती क्षेत्रमा रहेको बस्तीमा गरिने निर्माण पर्यटन मैत्री र वातावरण सहज हुनुपर्ने छ भने उपत्यका कै नमुना बस्ती बन्ने स्वर्णिम अवसरको संघारमा पनि सो क्षेत्र रहेको छ।

अनि शिवपुरी क्षेत्रको प्रवर्द्धनको अहिलेको मुख्य समस्या अनि सम्भावना भनेको स्थानीयहरुको मनोबल हो जुन अहिले ब्युझिएको छ तर उठिसकेको छैन । छैटौं संस्करण सम्म आइपुगेको महोत्सवको आभामा प्रतिनिधि सभा सदस्य कृष्ण राइले बुझेको र प्रदेश सभा सदस्य रामेश्वर फुयाल भिजेको तारेभिर पक्कै उपत्यकावासिको माघ १ र २ मा गन्तव्य बन्नेछ।

तपाइँको प्रतिक्रिया ।